00:00:00
खेलकुद

नगरस्तरीय तिलोत्तमा कपको उपाधि वडा न ६ लाई

आइतबार फाल्गुण १३, २०८०/ Sunday 02-25-24

तिलोत्तमा । फागुन १३ गते । तिलोत्तमास्थित नवजीवन खेल मैदानमा सम्पन्न तिलोत्तमा कपमा  वडा न ६ प्रथम भई उपाधि  जितेको छ  । तिलोत्तमा नगरपालिका र नवजीवन क्लब तिलोत्तमा ६ को आयोजनामा आइतबार भएको फाइनल खेलमा तिलोत्तमा वडा न २ लाई ७ विकेटले हराउँदै तिलोत्तमा वडा न ६ ले उपाधिसँगै नगद रु ५० हजार र कप मेडल र प्रमाणपत्र जित्न सफल भएको छ ।

उपविजयी वडा न २ ले २५ हजार प्राप्त गरेको छ । टस हारेर ब्याटिङ्को निम्तो पाएको वडा २ ले सम्पूर्ण विकेट गुमाउँदै १९ दशमलव ३ ओभर खेल्दै ८६ रन बनाएको थियो । ८७ रनको लक्ष्य पछयाएको तिलोत्तमा ६ ले मात्र ३ विकेटको क्षतिमा १६ दशमलव १ ओवरमा ८८ रन बनाएर जित हासिल गरेको हो । वडा न ६ का लागि उत्कृष्ट ब्याटिंग गर्दै दीपक पाण्डेले ४५ रनको योगदान गर्नुभयो भने हरि बरालले १४ रनको योगदान दिनुभयो ।

उपविजयी वडा न २ का लागी विकल अधिकारीले २९ रन बनाउँदा सम्राट थापाले १६ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले अने जस्तो प्रर्दशन गर्न सकेनन । यसैगरी बलिङ्तर्फ  वडा नं. २ का रुपेश बस्यालले १ र महेन्द्र सुवेदी क्षेत्रीले १ विकेट लिँदा वडा न ६ का बलर थमन स्याङ्जालीले ३ र सम्राट थापाले २ विकेट लिनुभएको थियो । आइतबारको फाइनल खेलमा थमन स्याङ्जाली म्यान अफ दि म्याच घोषित हुनुभएको खेल संयोजक सागर पाठकले जानकारी दिनुभयो ।

प्रतियोगितामा बेष्ट ब्याट्सम्यान रितिक पुन, बेष्ट बलर भुवन खत्री, म्यान अफ दि सिरिज महेन्द्र सुवेदी क्षेत्री र उदयीमान खेलाडीको पुरस्कार तरुण ब्रम्हाण भूषालले  प्राप्त गरेकोे क्लवका अध्यक्ष केशव भूषालले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी तथा उपविजयी टिम तथा खेलाडीहरुलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँड लगायतको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो । 
 

तपाईको प्रतिक्रिया