१४ फागुन ।
सरकारले मिटरब्याज पीडितलाई सोमबार पनि वार्ताका लागि बोलाएको छ । आइतबार साँझ गृह मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सोमबार फेरी वार्ताका लागि बोलाएको हो ।
सरकार र पीडितबीच सोमबार बिहान ११ बजेदेखि पुनः वार्ता हुने जनाइएको छ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ ।
आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए । यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।
तपाईको प्रतिक्रिया