00:00:00
राष्ट्रिय

तिलोत्तमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज उद्घाटन हुँदै

सोमबार फाल्गुण २८, २०८०/ Monday 03-11-24

 


२८ फाल्गुन ,तिलोत्तमा  

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज उद्घाटन हुँदैछ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। १७ दरखसहवामा निर्माण भएको मैदानको आज उद्घाटन हुन लागेको हो । 

 गुल्मी घर भइ अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उहांकी श्रीमती सुदीक्षा गौतमले ४० करोडको निजी लगानीमा क्रिकेट मैदान निर्माण गरेका हुन् ।

उद्घाटनमा हुने मैत्रीपूर्ण प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टी(२० विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागी हुनेछन् ।

उद्घाटनका अवसरमा एक्स्ट्राटेक लिजेन्ड कप टी १० मैत्रीपूर्ण क्रिकेट हुँदैछ ।
 

तपाईको प्रतिक्रिया