00:00:00
स्थानिय

तरुण दलको आयोजनामा आजदेखि यादवनाथ आलोक स्मृति फुटशल हुँदै

शुक्रबार चैत २, २०८०/ Friday 03-15-24

प्रकाश पाण्डे । चैत्र २ गते ।  पंचायत बिरुद्धको आन्दोलनमा रुपन्देहीको तिलोत्तमा–१३ बनकट्टिमा आफ्नो ज्यान गुमाएका शहिद यादवनाथ आलोक (न्यौपाने) को स्मृतिमा तरुण दल तिलोत्तमाले आजबाट दोस्रो फुटशल प्रगियोगिताको आयोजना गर्दैछ । देशको राजनैतिक व्यवस्था बदल्न आफ्नो ज्यान आहुति दिई अल्पायुमै दिवंगत भएका आलोकको संझनामा दोस्रो फाईभ–ए साईड फÞुट्सलको आयोजना गर्न लागिएको तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिए ।

तरुण दल तिलोत्तमा नगरसमितिले विहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । तरणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले प्रतियोगितामा तिलोत्तमा नगरका १७ टोलीको सहभागिता रहने बताए । तिलोत्तमा–५ कफि कम्पनीमा रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन सहिद यादवनाथ आलोककी श्रीमती सिता न्यौपानले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत तर्फ उत्कृस्ट खेलाडीले नगद रु ५ हजार सहित ट्रफी प्राप्त गर्नेछन ।

कुल २ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिता आज र भोली गरि २ दिनसम्म चल्नेछ । कार्यक्रममा शहिद यादवनाथ आलोककी छोरी विना न्यौपाने, नेपाली कांग्रेस पुर्व पार्टी सभापती रामचन्द्र ढकाल, शहिद यादवनाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्याल लगाएतले बोल्दै आलोकले समाजमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम नगर समितिका सदस्य अर्जुन क्षेत्री हापुको स्वागत तथा सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल, वडा नम्बर ५ का अध्य्क्ष रमेश डुम्रे लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया