00:00:00
राष्ट्रिय

रुपन्देही सहित देशका धेरै ठाउँमा तापक्रम बढ्दो

आइतबार चैत ४, २०८०/ Sunday 03-17-24

प्रकाश पाण्डे । चैत्र ४ गते । तराईका जिल्ला सहित देशका धेरै ठाउँमा तापक्रम बढिरहेको छ । तराईमा अघिल्लो हप्ता २७ देखि २९ डिग्री सेल्सियस रहेको तापक्रम यो हप्ता दुईदेखि तीन डिग्री सेल्सियससम्म बढेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रुपन्देहीमा अहिले बिहानको मौसम सफा रहेको छ भने दिउँसो सामान्य बदलीको संभावना रहेको.छ । जिल्लामा आज विहानको न्युनतम तापक्रम १७ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसोको तापक्रम ३३ डिग्रीको हाराहारीमा रहने अनुमान छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्य बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागको मौसम सफा रहनेछ । आज राति देशका धेरै ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको मौसमविद् गोन्बिद झाले जानकारी दिनु भयो । 
 

तपाईको प्रतिक्रिया