00:00:00
राष्ट्रिय

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

शुक्रबार चैत २३, २०८०/ Friday 04-05-24

 २३ चैत्र ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । विहीबार मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले राजिनामा दिएसँगै लुम्बिनीमा नयाँ मुख्यमन्त्रीको रुपमा महरा आएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 महराले शुक्रबार ४८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गरेका थिए । एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गरेका थिए । त्यसको केही समय पछि नागरिक उन्मुक्ति पार्टीका ४ जनाले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।

तपाईको प्रतिक्रिया