00:00:00
स्थानिय

तिलोत्तमाको जानकीनगरमा   ४० करोड लगानीमा  फरक विशेषता सहितको होटल सूरु

बुधबार चैत २८, २०८०/ Wednesday 04-10-24

तिलोत्तमा,२८ चैत
सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्ड स्थीत तिलोत्तमा नगरपालिका वडा न २ जानकीनगरमा   ४० करोड लगानीमा  फरक विशेषता सहितको होटल सूरु भएको छ । अरबौं लगानी भएका थुप्रै होटल ब्यवसाय र उद्योगधन्दा विक्रिमा रहेको वा कतिपय ब्यवसाय बन्द हुँदै गरेको अवस्थामा बुटवलका सान्तम थैवले तिलोत्तमा नगरपालिकाको जानकीनगरमा उक्त होटलको सुरुवात गर्नुभएको हो । 

थाइल्यान्डमा ब्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका सान्तमले पूर्णत बिजनेस होटेल द क्राउन इन सञ्चालनमा ल्याउनुभएको हो । नेपाली दाजु भाइ दिदी बहिनी र विशेष गरी युवाहरूलाई नेपालमै बसेर अवसर खोज्न अनुरोध गर्दै सान्तमले नेपाली भुमीप्रति सम्मान गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।  

देशमा केही छैन भन्ने निराशाजनक कुरा गर्नेहरुलाई सहि तरिकाले गरेर हेर्न आग्रह गर्दै ,त्यसैलाई चिर्नका लागि पनि होटल सुरु गरेको बताउनुभयो । मुलुकको विषम परिस्थिति केही वर्षमा समाधान हुने विश्वास ब्यक्त गर्दै होटल संचालक सान्तमले नेपालमा पर्यटन र हस्पिटालिटीमा राम्रो संभावना रहेको समेत दावी गर्नुभयो ।  एकपटकमा पाहनासंग धेरै लिएर आम्दानी मुखि बन्नुभन्दा पनि सहुलियत मुल्यमा सेवा सर्भिस गरेर  पटक पटक पाहनालाई स्वागत गर्नतर्फ सोंच वनाएर अगाडि बढेको सान्तमको भनाई छ ।

होटेलमा  विवाह पार्टी ठूला गोष्ठी केही नहुने भएकाले बाह्रै महिना डिस्टर्बमुक्त र शान्त वातावरण रहने सान्तमले बताउनुभयो ।सबै  रुममा साउण्ड पुफ प्रविधि राखिएकाले हाइवेतर्फका रुममा पनि गाडीको कुनै आवाज नसुनिने ,होटलमा भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन बनाइएको बताउनुभयो  । जसले गर्दा शाकाहारी र मांशाहारी खानेहरु ढुक्कले आफ्नो रोजाईको खाना खान सक्ने संचालक सान्तमले बताउनुभयो ।

भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन तथा मुस्लिम समुदायलाई लक्षित गरेर हलाल खानाको पनि व्यवस्थासंगै रेष्टुरेन्ट, बार र हुक्का बारमा मोबाइल चार्जिङका लागि पनि पर्याप्त चार्जिङ प्वाइन्ट र स्मोकिङ जोन बनाइएको जनरल म्यानेजर देविलाल सौमैले बताउनुभयो । बैसाख महिना ओपनिङ फेज भएकाले रूमको दर मा २० प्रतिशत छुटको व्यवस्था रहेकोमा जोड दिनुभयो  । होटेलमा आफ्नै ब्राण्डको बेकरी क्याफे पनि रहेको समेत उहांको भनाई छ ।     गएको  माघदेखि सफट ओपनिङ भएको होटलको  ग्राण्ड ओपनिङ भने  बैसाख १ बाट हुनेछ  । होटलमा ५० जनाले रोजगारी प्राप्त गरेका छन् । 

तपाईको प्रतिक्रिया