अर्घाखाँची बस दुर्घटना अपडेट : १ को मृत्यु १८ जना घाईते
बिष्णु कुमार आले । बैशाख ७ अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बिहिबार दिउँसो बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १८ जना घाईते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँची शितगंगा ८ लाहापेका अन्दाजी १३ बर्षिय प्रज्वल बुढाथोकीको गएराति चौराहा अस्पताल बुटवल उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
अहिले सवलाई पोष्टमाट्मका लागि प्रादेसिक अस्पताल बुटवलमा ल्याईएको छ । दाङबाट अर्घाखाँचीको सुपादेउराली भाकल चढाएर बोकाको मासु लिएर फर्कने क्रममा गोरूसिङ्गे तर्फ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटनामा परेको थियो । अर्घाखाँचीको सुपादेउरालीमा भाकल गरि बलि दिएर चढाएको मासु मन्दिर बाट टाढा लैजान नहुने अटेर गरि लैजान खोजेमा राम्रो नहुने सुपादेउरालीका पुजारीहरू बताउँछन् । घाईते सबै दाङ गढुवा १ का रहेका छन् ।
घाईते मध्ये ५७ बर्षिय डिल बहादुर पुरी र सोही ठाउकै ३३ बर्षिय गोमा पुरी गम्भीर घाईते हुनु भएको छ । घाईते सबै जनाको अहिले चौराहा अस्पताल बुटवलमा उपचार भैरहेको छ । गाडि ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको बस चालकले बताए । बस चालकलाई ईलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया