00:00:00
राष्ट्रिय

नेपालको भविष्य सपार्न वामपन्थी शक्तिबीच एकता आवश्यक –नेकपा एसका महासचिव  भुसाल

आइतबार बैशाख ९, २०८१/ Sunday 04-21-24

तिलोत्तमा,९ बैशाख । 
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने  बताउनुभएको छ  । समाजवादी प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा गरेको अन्र्तकृया कार्यक्रममा भुसालले माओवादी केन्द्र माओवादबाट माथि उठ्नुपर्ने र एमाले व्यक्तिबादबाट उठ्न सके वामपन्थी एकता सम्भव भएको धारणा राख्नुभयो  । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेको दावी गर्दै भुसालले नेपालको भविष्य सपार्न वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभयो । पार्टीभित्र र बाहिर सबै तिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती स्वीकार पछि यो समीकरणमा आएको भुसालको तर्क छ । 

अब २०८४ को चुनाव अघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लव सहितका वामपन्थी दलहरुबीच एकता हुनसक्नेमा समेत आफु विश्वस्थ रहेको समेत भुसालको भनाई छ । आफ्नो दलको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने राजनीतिक कार्यदिशा ल्याउने भुसालको तर्क छ ।

कार्यक्रममा पुर्व मन्त्री सोमप्रसाद पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण,समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,रुपन्देही अध्यक्ष विनोद परियार,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,समाजवादीका सरीता श्रीस,पत्रकार विरेन्द्र कुवंर,श्याम लाल पोख्रेल लगायतले आआफ्ना धारणा राखेका थिए । सो अवसरमा उषाकिरण पन्थ र अस्मिता अधिकारीलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया