00:00:00
राष्ट्रिय

बिहानैदेखि गर्मी,तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24

बैशाख १७, 
तराई भेगमा आज पनि बिहानैदेखि गर्मी छ । तराईका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तत्काल पानी पर्ने सम्भावना नभएको, तर कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी  भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै ठाउँहरुमा आज हावाहुरीको सम्भावना रहेको छ । तराई मधेशका जिल्लामा अत्याधिक गर्मी र तातो लहरको सम्भावना रहेकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले यसअघि नै अनुरोध गरेको छ ।

दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ । विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, , नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।  
 

तपाईको प्रतिक्रिया