00:00:00
स्थानिय

कर्मलाई पुज्ने भण्डारीको कृषि कर्म,खेतबाटै खोसाखोस

शुक्रबार बैशाख २१, २०८१/ Friday 05-03-24

तिलोत्तमा,२१ बैशाख ।
बिन्दु भट्टराई ।
मणिग्राम हुंदै देवदह मार्गमा यात्रा गर्ने जो कोहीको आंखा ३ नम्वर मडुवारी घोलाको आडमा देखिने हरियाली कृषि फर्मममा जान्छ । बाटोमा यात्रा गरेका जो कोहीपनि  केहीसमय रोकिएर जाने गरेको कृषि फर्म संचालक कृष्ण भण्डारी बताउनुहुन्छ । 

 रोजगारीको शिलशिलामा १६ वर्ष छिमेकी देश भारतदेखि खाडी मुलुक हुंदै जापानसम्म पुग्नभएका तिलोत्तमा ९ टिका भवनका ५५ वर्षीय कृष्ण भण्डारी दुःख गरेमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुराको उदाहरण बन्नुभएको छ । यो समयमा यसरी हरियो तरकारी पाउंदा ग्राहकको मन तानिएको छ । पछिल्लो समयमा केही छैन बर्वादै भयो भन्दै गर्दा कृषकको रहरलाग्दो ब्यस्थताले धेरैको मन लोभ्याएको छ । मणिग्राम देवदह सडकको छेउमा सांझमा राखिने  यो तरकारी ठेलाको दैनिक ग्राहक मणिग्रामका लालुराम अर्यालले वजारमा पाईने तरकारीमा विषादी बढी प्रयोग हुने र ताजा पनि कम पाईने भएकोले ताजा तरकारीका लागि पनि दैनिक त्यहां पुग्ने गरेको बताउनुभयो । दोस्रो मुलुकबाट विषाधि तरकारी आएका छन् भन्ने सुनेको यहां वारीमै पुगेर आफैले टिपेर लैजान पाउंदा आफ्नै वारीबाट निकालेको जस्तो लाग्छ अर्याल भन्नुहुन्छ । 
सुख्खा मौसम र बढ्दो तापक्रमसंगै तराईमा चलेको तातो हावालाई प्रवाह नगरी हरियाली बनेको कृष्ण भण्डारीको तरकारी खेती साच्चिकै लोभ लाग्दो छ । नेपालमा आएर घर निर्माणकार्यको थालनी गर्नुभएका भण्डारीले पुर्खयौली पेशामा आफ्नो भविश्य देख्नुहुन्छ । कर्मलाई पुज्ने भण्डारीको कृषि ब्यवसायतर्फ धेरैलाई गरे हुने रहेछ भन्ने शन्देश दिन सकेको तिलोत्तमा ८ शान्तीवन टोलविकासका अध्यक्ष ओम भण्डारीले बताउनुभयो । उहांलाई यो हेरिसकेपछि अन्य युवामा पनि केही गरौं गरौं लाग्ने विश्वास छ । कृषिफर्म सुरु गरेयता नै म दैनिक यो फर्ममा आउंछु मेरो आफनो त होईन तर यो देख्दा मलाई आनन्द आउंछ उहां बताउनुहुन्छ । 

यस क्षेत्रमा उत्पादन भएको तरकारी बिक्रीका लागि बाहिर लैजान नपरेको संचालक भण्डारीको भनाई छ  । बजारसम्म लैजाने समस्या छैन,खेतबाटै खोसाखोस हुन्छ भण्डारीले भन्नुभयो ।  विहानदेखि दिउसोसम्म खेती स्याहार र तरकारी मकै निकाल्नमा ब्यस्त हुने भण्डारीलाई सांझ भने मणिग्राम देवदह सडकको छेउमा ठेलामा विक्रिका लागि भ्याई नभ्याई देख्न सकिन्छ । यसरी गरिएको विक्रिबाट दैनिक २० हजार आम्दानी हुने भण्डारीले बताउनुभयो । उहांले उपभोक्ताको माग पुरा गर्न नसकेको भन्दै जग्गा पाए १०,१५ विगाह सम्ममा तरकारी लगाएर तिलोत्तमा वासीलाई हरियो तरकारी पारीको खान नपर्ने वनाउन सक्ने भण्डारीले दावी गर्नुभयो । गर्न सके राम्रै आम्दानी हुने देखेर नेपाल फर्किएको हुँ सम्भावना पनि देखेको छु, जमिन थोरै भएको छ । त्यसको लागि स्थानीय सरकारले सहयोग गर्न सके हुन्थ्यो भण्डारीले भन्नुभयो । 
भण्डारीले सरकारले दिने अनुदान अबिस्वसनिय रहेको आशंका गर्दै झोलामा कागज बोकेर कृषक हुं भन्दैमा अनुदान दिन नहुने बताउनुभयो । उहांले फिल्डमै पुगेर बुझेर मात्र अनुदान दिन सुझाव दिनुभयो । “यताको जमिन बाँझो राखेर विदेश जानु त बेक्कार रहेछ, यही जमिनलाई उपयोग गर्दा तरकारी राम्रो उत्पादन हुने गरेको छ,” उहाँले सुनाउनुभयो । दुई सन्तानको पालन पोषणका लागि पुख्र्यौली पेशा अंगाल्नुभएका भण्डारीका छोराले पनि काममा सहयोग गर्नुहुन्छ । काम सानो ठुलो मान्न नहुने उहांको भनाई छ  । खासगरी सो क्षेत्रमा प्राङ्गारिक मल, झोल मल, स्थानीयस्तरमा झारपातबाट बनाइने अर्गानिक विषादीको प्रयोग गरिँदै आएको छ ।  
 

तपाईको प्रतिक्रिया