तिलोत्तमामा नमुना युवा संसद तथा नमुना युवा नगरसभा, करिव २० बढी सांसदको प्रस्तुती
तिलोत्तमा,२४ बैशाख ।
बिन्दु भट्टराई ।
लुम्विनी प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद्को आयोजना र तिलोत्तमा नगरपालिकाको समन्वयमा नमुना युवा संसद तथा नमुना युवा नगरसभा सम्पन्न भएको छ । गएको २१ गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा लुम्विनी प्रदेश परिषदका कार्यकारी उपाध्यक्ष गोविन्दबहादरु खत्रीले युवाभित्रको प्रतिभा विस्तार गर्न र राजनीति चेतनाको विकासका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । खत्रीले नेपाली राजनीतिप्रति वितृष्णा बढेकै कारण दक्ष जनशक्ति विदेश पलायन हुन परेको भन्दै युवाका समस्या समाधानका लागि युवा नै कानुन नीति नियम बनाउने स्थानमा पुग्नुपर्ने खांचो औंल्याउनुभयो । उहांले युवामा एक खालको उत्साह भर्न यो कार्यक्रमले भुमिका निवार्ह गर्ने समेत विश्वास ब्यक्त गर्नुभयो । खत्रीले यो कार्यक्रम प्रदेशका हरेक पालिकामा पर्याउने लक्ष राखेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले युवामा गरिएको लगानीले भोलीको सभ्य,शिक्षित समाज निर्धारण गर्न सक्ने भन्दै मानविय विकासमा युवा सहभागिता बढाउन जरुरी रहेको बताउनुभयो । सेन्चुरीले नविनतम ज्ञानको खोजी गरिएको दावी गर्दै युवा लक्षित यस्ता कार्यक्रमले तिलोत्तमा नगरपालिकाको भविश्य निर्माणमा टेवा पुग्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका १८ देखि २५ वर्षसम्मका कक्षा १२ पास गरेका १७ वटै वडाका १ जना महिला र १ जना पुरुष युवा गरी प्रतेक वडाबाट २ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ । युवाले नमुना युवा नगरसभामार्फत स्वास्थ्य,शिक्षा,खानेपानी,बिपद जोखिम,प्लाष्टिक ब्याग प्रयोग पुन बढ्दो,छाडा चौपाया, भुई मान्छेको संरक्षणमा नगरपालिका जस्ता महत्वपुर्ण विषयमा प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा तिलोत्तमा कार्यपालिका सदस्य सुरेन्द्र श्री,राममणि क्याम्पसका प्राचार्य तारा प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया