00:00:00
स्थानिय

तिलोत्तमाको शंकनगरचोकमा २ स्कुटर जुधे, १ जनाको अवस्था गंभीर

आइतबार बैशाख ३०, २०८१/ Sunday 05-12-24

तिलोत्तमा, २०८१ बैशाष ३०

  दुई स्कुटी एक आपसमा जुध्दा तिलोत्तमा २ शंकरनगरचोकमा २ जना घाइते भएका छन । गयराति करिव सवा ८ बजे बुटवलबाट भैरहवातर्फ आउदै गरेको लु७०प ६७७ तथा सोही दिशा तर्फ जादै गरेको लु५१प ४४४२ नम्बरको स्कुटर तिलोत्तमा २ स्थित सिक्सलेन सडकखण्डको मुल सडकमा ठोक्किएका थिए ।

दुर्घटनामा परि लु५१प ४४४२ नम्बरको स्कुटरमा सवार तिलोत्तमा १ ड्राइभरटोल निवासी ६० बर्षिय पुष्परत्न मल्ल गंभीर घाइते हुनुभएको छ । वहाँको टाउँको, अनुहार र छातीमा गंभीर चोट लागेकाले क्रिमसन अस्पतालमा ल्याई भेन्टिलेटरमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैगरि लु७०प ६७७ का चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ५ बस्ने अन्दाजी ३५ बर्षिय विकल्प भट्टराईको दुवै खुट्टामा चोट लागी उपचारका लागी अस्पताल आएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया