तिलोत्तमामा सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकसँग अन्तरक्रिया
प्रकाश पाण्डे । बैशाष ३१ गते । तिलोत्तमालाई शैक्षिक हवका रुपमा विकाश गर्न अभिभावकहरुको महत्वपुर्ण भूमिका रहनेमा एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन । साथै नगर क्षेत्रभित्रका बालबालिकामा संस्कार, चेतना तथा अनुशाशनको विकाश गर्न पनि अभिभावकहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन ।
सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकसँग अन्तरक्रिया तथा तालिम कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडले नगरपालिकाले बालबालिकाको बृहत्तर विकाशका निम्ति विभिन्न योजना बनाएको बताउनुभयो । आजका बालबालिका भोलिका कर्णधार भएकाले सक्षम जनशक्ति उत्पादनका लागी पनि बालबालिकालाई असल शिक्षा र अभ्यास अब घर घरबाटै शुरु गर्नुपर्ने बेला आएको मेयर खाँडको भनाई थियो ।
तिलोत्तमा नगरपालिकाको आयोजना तथा अभिभावक संघ रुपन्देहीको समन्वयमा सोमबार तिलोत्तमा ९ स्थित होटल मदानीमा आयोजित कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा उपसचिव गंगाराम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नगरकार्यपालिका सदस्य तथा सामाजिक शाखा संयोजक रवि सेन्चुरी, प्रमुख प्रशिक्षक एवं कार्यक्रमका सहजकर्ता अर्जुन भट्ट, विद्यालय व्यवस्थापन महासंघ तिलोत्तमा अध्यक्ष जगत पौडेल लगायतले बोल्दै पठन संस्कृतिको विकाश तथा विस्तार गर्न कार्यक्रम फलदायी सावित हुने बताएका छन ।
साथै बक्ताहरुले सवैको सहकार्य, समन्वय तथा एकताबाटै नगरले शैक्षिक क्षेत्रमा फडको मार्ने आशा समेत व्यक्त गरेका छन । प्रशिक्षक एवं सहजकर्ता अर्जुन भट्टले नगर क्षेत्रबाट सहभागी भएका अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायतलाई तालिम दिएको कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा उपसचिव गंगाराम आचार्यले स्वागत तथा अधिकृत शारदा भट्टराईले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया