00:00:00
स्वास्थ्य

दर्शन कल्याण ठकुरी समाजको बृहत निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० बढीको उपचार 

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24

प्रकाश पाण्डे । जेठ १ गते । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको आयोजना तथा देवदह मेडिकल कलेजको प्राबिधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । तिलोत्तमा ३ स्थित ब्लु बेल पार्टी प्यालेस ड्राइभरटोलमा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्दै तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँणले दर्शन ठकुरी समाजले स्वास्थ्य सुबिधाका खातिर देखाएको अग्रसरता सह्रानीय रहेको बताउनुभयो ।

मानवीय स्वास्थ्यका लागी ठकुरी समाजले देखाएको बाटोलाई सबैले आत्मसात गर्नसके स्वस्थ समाजको परिकल्पना साकार हुने धारणा राख्नुभयो । पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिइरहेको तिलोत्तमा नगरपालिकाले दर्शन कल्याण ठकुरी समाज रुपन्देहीसँग हातेमालो गरि अघि बढन तयार रहेको प्रतिक्रिया दिनुभयो ।

सो अवसरमा बोल्दै दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका अध्यक्ष मीना सेन मल्लले मानव जीवनमा स्वस्थ सबैभन्दा ठुलो कुरा रहेकाले समय समयमा आफनो स्वास्थ्य चेकजाँच गराएर ढुक्क हुन सहभागी सवैलाई आग्रह गर्नुभयो । साथै वहाँले स्वस्थ ब्यक्तिबाटै स्वस्थ समाजको परिकल्पना गर्न सकिने भन्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा गर्वको महसुस भएको बताउनुभयो ।

देवदह मेडिकल कलेजको प्राबिधिक सहयोगमा सञ्चालित शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा आकाश कुमार सिंह तथा मोनिका परियार, वरिष्ठ जनरल फिजिसियन डा जितेन्द्र यादव तथा अस्पतालबाट खटिएका फिजियोथेरापिष्टहरुले फिजियो सम्बन्धी सेवा दिएका थिए । शिविरको उदघाटन सत्रमा तिलोत्तमा वडा न ३ का अध्यक्ष कल्याण पौडेल, तिलोत्तमा वडा न ४ का अध्यक्ष हरि बहादुर क्षेत्री उपस्थिति रहेको कार्यक्रममा दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार शाहले स्वागत र सचिव समर मल्लले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया