00:00:00
स्वास्थ्य

क्रिमसन अस्पतालले आफ्नो १३ औं बार्षिकोत्सव मनाउदै 

आज १ दिनका लागी ओपिडी टिकट निःशुल्क, ल्याव सेवामा ५० प्रतिशत छुट
बिहीबार जेठ ३, २०८१/ Thursday 05-16-24

तिलोत्तमा । जेठ ३ गते । आज क्रिमसन अस्पतालको १३ औं बार्षिकोत्सव, विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । २०६८ साल जेठ ३ गते अर्थात आज कै दिन, क्रिमसन अस्पतालले सेवा शुरु गरेको थियो । अस्पतालले स्थापना दिवसको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरेको थियो भने हिजो नै पत्रकार सम्मेलनको आयोजना गरि अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधाका विषयमा जानकारी गराइएको छ  ।

अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले १३ औं बार्षिकोत्सवको अवसरमा आज १ दिनका लागी अस्पतालले ओपिडी टिकट निःशुल्क गर्नुका साथै ल्याव सेवामा ५० प्रतिशत छुटको ब्यवस्था गरेको जानकारी दिनुभयो । स्थापनाको १३ वर्ष पुरा गरेको क्रिमशन अस्पतालले गत बर्ष ओपिडितर्फ ६६ हजार जना र ओटीतर्फ २४ सय ८० जनालाई सेवा दिन सफल भएको बस्यालको भनाई छ  । हाल एक सय बेड सहित सेवा प्रवाह गरिरहेको अस्पतालले निकट भविश्य मै २०० बेड सहितको सुबिधा सम्पन्न सेवा प्रदान गर्ने गरि शिक्षण अस्पतालको रुपमा आफुलाई विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।

ओपिडीतर्फ रु १०० मै टिकेट काटेर स्वास्थ्य चेकजाँचको ब्यवस्था रहेको अस्पतालमा २२ जना कन्सल्टेन्ट चिकित्सकहरु एवं २४ जना जनरल चिकित्सक सहित ३५० बढी कर्मचारीबाट सेवा दिदै आइएको अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो । वहाँले निकट भविष्यमा क्यान्सर उपचार पनि अघि बढाउने लक्ष्य अस्पतालको रहेको जानकारी दिनुभयो । आमा सुरक्षा कार्यक्रम लागू भएसंगै आईबिएफ सेवा अघि बढाउने लक्ष्य रहेको भट्टराईको भनाई छ । अस्पतालमा हाल अत्याधुनिक न्युरो सेवा संचालनमा रहेको छ भने निकट भविष्य मै नया सेवाका रुपमा ब्रोन्कोस्कोपी, एमआर सेवा सेवा संचालनको तयारीमा गरिएको भट्टराईले बताउनुभयोे ।

१६ स्लाइंसको सिटी स्क्यान मेसीनलाई हटाएर अस्पतालले अत्याधुनिक १६० स्लाईसको सिटी स्क्यान मेसीनबाट सेवा प्रवाह गरिरहेको अस्पतालका निर्देशक डा शेखर पोख्रेलले जानकारी दिनुभयो । वहाँले अस्पतालमा यसै वर्षदेखी सामाजिक सुरक्षा कार्यक्रम समेत लागू गरिएको जनाउनुभयो । अस्पतालमा निशुल्क डायलोसिस सेवा, एन्जिओ प्लास्टिक र एन्जिओग्राफीमा सरकारबाट दिईने १ लाख रुपैया बराबर छुटको ब्यवस्था रहेको छ । अस्पतालमा ३५० जना कर्मचारीहरु र कलेजमा ७० जना गरि ९५ प्रतिशत स्थानियले रोजगार पाइरहेका छन । अस्पतालबाट एमडी, डिएम गरेका चिकित्सकहरुबाट सेवा प्रवाह भैरहेको पोख्रेलको भनाई छ ।

तपाईको प्रतिक्रिया