00:00:00
स्थानिय

शिक्षामा नविनता खोज्दै तिलोत्तमा नगरपालिका

शनिबार जेठ १९, २०८१/ Saturday 06-01-24

तिलोत्तमा,१९ जेठ । बिन्दु भट्टराई 
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आजका युवालाई उधमशिलतामा जोड्न नसके समाज परिवर्तन गर्न नसकिने बताउनुभएको छ । तिलोत्तमामा शनिबार सामुदायिक बिधालयका बिद्यार्थीहरुको अन्वेषण तथा उधमशिलता कार्यक्रममा बोल्दै प्रमुख अथिति अर्यालले कार्यक्रममार्फत बढ्दो प्रविधि र प्रविधिमा विद्यार्थीहरुको पहुंच बढाउन तिलोत्तमा नगरपालिकाले जोड दिएको बताउनुभयो । अर्यालले टिआई.एलओ.टिए.टिए एम.ए विषयमा युवालाई जोड्ने गरी पंचवर्षिय योजना अगाडि सारिएको समेत जानकारी दिनुभएको छ  । 

त्यस्तै सामाजिक बिकास समितिका संयोजक तथा नगरपालिकाका कार्यपालिका सदस्य रबि सेन्चुरीले नगरपालिकाले शिक्षामा नविनता खोजेको बताउनुभएको छ । उहांले सैद्धान्तिक ज्ञानसंगै ब्यावहारिक ज्ञानको खोजीमा नगरपालिका अगाडि बढेको दावी गर्नुभएको हो । सेन्चुरीले राष्ट्रिय अन्तराष्ट्रिय वजारमा दिनप्रतिदिन शैक्षिक प्रतिस्पर्धा बढ्दै गएको र यसले युवामा झनझन् जटिलता थपेको उल्लेख गर्नुभयो ।  यसै विषयलाई मध्यनजर गर्दैे तिलोत्तमा नगरपालिका जुनसुकै स्थानमा प्रतिष्पर्धा गर्न तयार रहन सक्ने युवा जनशक्ती उत्पादन गर्नेगरि लागेको समेत सेन्चुरीको भनाई  छ  । 

तिलोत्तमा नगरपालिकामा  ४२ वटा सामुदायिक विद्यालय छन् । ति विद्यालयमध्ये १५ सामुदायिक विद्यालयले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट प्रस्तुती रहेका ३ विद्यालयलाई प्रथम,द्धितिय,तृतिय गरि नगरपालिकाद्धारा पुरस्कृत गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचायले जानकारी दिनुभयो । जसमा प्रथम हुने विद्यालयले १५ हजार द्धितियले १० हजार र तृतिय हुने विद्यालयले ५ हजार नगद प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । तिलोत्तमाका आधारभुतख तह  र माध्यमिक विद्यालय तहबाट गरी सय भन्दा बढी शिक्षक विद्यार्थी आ आफ्नो कलाका साथमा रहेको कार्यक्रममा सहभागि विद्यार्थीहरुले एक अर्का विद्यालयका साथीहरुविच प्रतिभा प्रस्तुत गर्न पांउदा खुसी लागेकोे बताएका छन् । भने विद्यार्थीहरुमा सकरात्मक प्रतिस्पर्धा र आगामी दिनमा प्रतिभा निखारतामा सहयोग पुर्याउने सहभागि शिक्षकहरुको भनाई छ । सांगितिक प्रस्तुति समेत रहेको कार्यक्रमको संचालन शिक्षा शाखाका शारदा भट्राईले गर्नुभएको थियो ।
 

तपाईको प्रतिक्रिया