तिलोत्तमाका १२ दलित महिला उद्यमीहरूले पाए नगरपालिकाबाट प्रविधियुक्त औजार
तिलोत्तमा,१९ असार ।
बिन्दु भट्टराई
तिलोत्तमा नगरपालिकाले दलित महिला उद्यमीहरुहरुलाई विभिन्न औजारहरू हस्तान्तरण गरेको छ । तिलोत्तमा नगरपालिकाका १२ जना उद्यमी दलित महिलालाई लक्षित गरि पिसानी मेसिन,सिलाई मेसिन, इको मेसिन लगायत गरी ३ लाख रकम बराबरको सामग्री बुधबार एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो । औजार हस्तान्तरण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले आत्मबिश्वासले सफलता मिल्ने भन्दै तिलोत्तमा नगरपालिकामा पछाडी परेको समुदायलाई आर्थिक तथा मानवीय बिकासमा ँसँगसँगै लैजाने गरि आगामी कार्ययोजनाहरू बनेको उल्लेख गर्नुभयो ।
उपप्रमुख जगेश्ववरदेवी चौधरीले औजारको सहि सदुपयोग गरेर आर्थिकरुपमा सबल बन्न सुझाव दिनुभयो । चौधरीले पेशालाई दिगो,आर्थिक रुपमा बलियो बनाउन प्रदान गरिएका सामाग्रीले लाभ मिल्ने समेत बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यपलिका सदस्य सुरेन्द्र श्रीको अध्यक्षतामा भएको कार्यक्रममा श्रीले तिलोत्तमामा ठुलो संख्यामा दलित समुदाय रहेको भन्दै आर्थिक रुपमा बलियो बनाउदै यो समुदायको आत्मसम्मान स्वाभिमानलाई माथी उठाउनका लागि नगरपालिकाले कार्यनीति नै बनाएर अगाडि बढेको भन्दै नगरपालिकालाई उधमशिल नगरपालिका बनाउने रणनीती रहेको बताउनुभयो ।
बरिष्ठ उद्यमबिकास सहजकर्ता शान्ता बिकको संचालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक रबि सेन्चुरीले उद्यमी दलित महिलाका पेशा ब्यवसायलाई आधुनिकिकरण गर्न तथा पेशामार्फत आयआर्जनसंग जोड्न सजिलो होस भन्ने उद्देश्यले प्रबिधि हस्तान्तरण गरेको जिकिर गर्नुभयो । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक,वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल,कार्यपालिका सदस्य राधा शाही लगायतका सहभागिता रहेको कार्यक्रममा औजार पाएपछि उद्यमी महिलाहरूले खुशी लागेको बताउनुभएको थियो ।
तपाईको प्रतिक्रिया