00:00:00
राष्ट्रिय

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

बिहीबार श्रावण ३, २०८१/ Thursday 07-18-24

बिहीबार, ०३ साउन । 
एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेसंगैएनजी ननग्रेडेड आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको हो । 

 १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा पनि सुधार आएको छ ।  बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । जसअनुसार   प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ । 

यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ ।

तपाईको प्रतिक्रिया