न्यू लाईट कलेजमा तीज नृत्य प्रतियोगिता सम्पन्न
प्रतियोगितामा विना विकको समुह प्रथम
तिलोत्तमा । भदौ १९ गते । न्यू लाईट कलेज तिलोत्तमा १ शंकरनगरमा बुधबार खुल्ला तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । परम्परागत तथा आधुनिकलाई झन्काउने गरी एकल तथा समुहगत विधामा विद्यार्थीहरुले तीज नृत्य प्रतियोगितामा सहभागिता जनाएको कलेजले जानकारी दिएको छ ।
कुल १७ वटा टोली सहभागी प्रतियोगितामा विना विकको समुह प्रथम, सविना महतको समुह द्धिप्तिय, लक्ष्मी समुहको तृतीय तथा सोफिया भण्डारीको एकल नृत्यले सान्त्वना स्थान प्राप्त गरेका छन ।
कक्षागत रुपमा आयोजित प्रतियोगिताका संयोजक कल्पना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिता बस्याल, टंक पोख्रेल तथा लक्ष्मी पाण्डेले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
सो अवसरमा कलेजका अध्यक्ष धर्मराज पौडेल, प्रिन्सिपल रमेश ज्ञवाली, शैक्षिक निर्देशक राजेन्द्र कुँवर लगायतले मन्तब्य दिदै विद्यार्थीहरुमा अन्तरनिहित अतिरिक्त क्रियाकलापको प्रस्फुटन गर्ने उद्देह्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
न्यू लाईट कलेजका, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको तीज नृत्य प्रतियोगिता कलेजका विद्यार्थीद्धय अनिता श्रेष्ठ तथा सुधा खरालको सन्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया