00:00:00
शिक्षा

लिटिल प्याराडाइजमा अन्तर सदनात्मक तीज तथा नृत्य प्रतियोगिता सम्पन्न

बुधबार भदौ १९, २०८१/ Wednesday 09-04-24

तिलोत्तमा । भदौं १९ गते । लिटिल प्याराडाइज ईङ्गलिश मिडियम स्कुल तिलोत्तमा ७ भलवारीले चेतनामुलक अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा बुधबार सम्पन्न प्रतियोगितामा सहभागी प्रतियोगिहरुले महिला हिंसा, घरेलु विभेद, लैंगिक हिंसा लगायत तीज पर्वको मौलिकता र समाज रुपान्तरणका विभिन्न मुद्दालाई गीत संगीत र नृत्य मार्फत उठान गरेका थिए ।

प्रतियोगितामा सव जुनियरतर्फ रेड हाउस प्रथम तथा ग्रीन हाउस द्धिप्तिय भए भने जुनियरतर्फ यल्लो हाउस प्रथम तथा ग्रीन हाउसले द्धिप्तिय स्थान प्राप्त गरे । यसैगरि सिनियर तर्फको स्पर्धामा यल्लो हाउसले प्रथम स्थान हासिल गर्दा रेड हाउसले द्धिप्तिय स्थान हासिल गर्न सफल भयो । विजेताहरुलाई बुधबार नै एक कार्यक्रमका बीच पुरस्कार स्वरुप मेडल, ट्रफी र मायाको चिनो प्रदान गरिएको छ ।

लिटिल प्याराडाइजका प्राचार्य केएन सागर ज्ञवालीको अध्यक्षता एवं विद्यालयका अध्यक्ष जीतु बौडेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा विशिष्ट अतिथिद्धय तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, लेखा समिति संयोजक माधव प्रसाद पाण्डे तथा शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुन लगायतले बोल्दै विद्यार्थीहरुलाई हरितालिका तीज पर्वको विषयमा जानकारी गराउने गरि आयोजना गरिएको प्रतियोगिताको प्रशंशा गर्नुभएको थियो । संयोजक मोहन थारुको संयोजन तथा शिक्षकहरु जनक घिमिरे र गिता पन्थिको सन्चालन रहेको कार्यक्रममा पुनम थापा र रेखा रायमाझीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया