दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको १२ औं साधारण सभा सम्पन्न
तिलोत्तमा । भदौ २९ गते । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको १२ औं साधारण सभा सम्पन्न भएको छ । तिलोत्तमा ४ मा रहेको आफनै भवनमा शनिबार एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै समाजका संरक्षक एवं पूर्व अध्यक्ष जंंगबहादुर शाहले समाजले ठकुरीहरुलाई एकै स्थानमा ल्याई एकिकृत गर्ने काम गरेको भन्दै प्रशंशा गर्नुभयो ।
उहाँले समाजका गतिबिधिले ठकुरीहरुको चलायमानतालाई देखाउने भएकोले सोही अनुसारका गतिबिधि गर्न सुझाब दिनुभयो । कार्यक्रममा संरक्षक हिराध्वज शाह, सल्लाहकार जोवनसिंह ठकुरी, संस्थापक सदस्इ कृष्ण बम मल्ल, देबदह क्षेत्रीय अध्यक्ष शिला मल्ल, भैरहवा क्षेत्रीय सचिव कुल बहादुर मल्ल लयायतले बोल्दै ठकुरी एकताले समाजमा ठकुरीहरुलाई अगाडी बढ्न र सामाजिक गतिबिधिहरु गर्न सहज हुने बताउनुभएको थियो ।
कार्यक्रममा आजिबन सदस्य, साधारण सदस्य, संरक्षण, सल्लाहकार तथा निवर्तमान कार्यसमितिलाई सम्मान गरिएको थियो भने छात्रबृत्ति समेत बितरण गरिएको थियो । समाजका अध्यक्ष मिना सेन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अर्जुन कुमार शाहको स्वागत तथा सचिव सम्मर बहादुर मल्लको सञ्चालन रहेको थियो । २०५२ सालमा स्थापना भएको समाजका १४ वटा क्षेत्रीय तथा ईकाई समिति रहेका छन् भने एउटा युवा समिति रहेको छ । समाजमा ५११ जना आजिवन र ४६१ जना साधारण सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया