तिलोत्तमा । असोज ९ गते । तिलोत्तमा क्रिकेट विकास समितिको चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत असोज १ गते सम्पन्न अधिवेशनबाट अर्जुन पराजुली अध्यक्ष रहेको नव निर्वाचित ११ सदस्सिय नयाँ कार्यसमितिलाई बुधबार मणिग्रामस्थित स्काई इन्टरनेशनल कलेजमा आयोजित एक समारोहका बीच कार्यक्रमका अध्यक्ष तथा निर्वाचन अधिकृत अवोध कुमार दुवे, प्रमुख अतिथि अन्तराष्टिय कोच बसन्त शाही, सह निर्वाचन अधिकृत अधिवक्ता संजीव बस्याल, निवर्तमान अध्यक्ष दीपक शर्मा भुर्तेल लगायतले पदस्थापन गराउदै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा नव निर्वाचित कार्यसमिति, मनोनित सदस्य सल्लाहकार तथा निर्वतमान कार्यसमिति सदस्यहरुलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो । निर्वाचन अधिकृत अवोध कुमार दुवेकोे अध्यक्षता, अन्तराष्टिय कोच बसन्त शाहीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन समितिका सचिव मिलन भण्डारीले गर्नुभएको थियो । यसअघि तिलोत्तमा क्रिकेट विकास समितिको चौथो अधिवेशनले अर्जुन पराजुलीको अध्यक्षतामा २ जना मनोनित सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्षमा कृष्ण भुषाल, सचिवमा मिलन भण्डारी, कोषाध्यक्षमा दीपेश पाण्डे, सह–सचिवमा लक्ष्मण भट्टराई लगायत रहनुभएको छ ।
तपाईको प्रतिक्रिया