तिलोत्तमाका ७५ जना शिक्षक महिला कर्मचारीले गराए स्वास्थ्य परीक्षण
बिन्दु भट्टराई,तिलोत्तमा १२ असोज ।
नेपाल शिक्षक संघ तिलोत्तमा नगरसमिती महिला बिभागद्वारा महिला शिक्षक कर्मचारीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । तिलोत्तमाका महिला शिक्षक कर्मचारीहरुलाई लक्षित गरी शुक्रबार स्तन क्यान्सर र पाठेघरको क्यान्सर परिक्षण गरिएको हो ।
कार्यक्रममा शिक्षक संघका पूर्व अध्यक्ष तथा काङ्ग्रेस केन्द्रीय सदस्य गंगा शाहिले शिक्षक परिवर्तनका संबाहक रअेकोले स्वस्थ व्यक्तिको स्वस्थ्य मानसिकताले स्वस्थ व्यक्ति उत्पादन गर्ने शिक्षकहरू समाजका ऐना भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ट्रेड युनियन काङ्ग्रेसका जिल्ला अध्यक्ष तथा निता पोलिक्लिनिक प्रालि मणिग्रामका सञ्चालक रामप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा कार्यरत भएकोले पनि आफ्नो दायित्व संझेर सहयोग गरेको बताउनुभयो । ढकालले यस्ता गतिबिधिले स्वास्थ्य क्षेत्रमा मात्र नभएर ट्रेड युनियनको आन्दोलनलाई सहयोग पु¥याउने बिश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य परीक्षणको सहयोगी संस्था निता पोलिक्लिनिक संस्था रहेको छ । उहाँले शिक्षामा लागेका महिला स्वास्थ्यमा सचेत देखिएकोमा खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल शिक्षक संघ तिलोत्तमा नगरसमितीका अध्यक्ष प्रचण्ड जिसि,महिला बिभागका सदस्य जानकी भण्डारी ,शिक्षक संघ नगर समिति सदस्य रिता थापा लगायतले समय समयमा शिक्षण पेशासंगै विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउनुभएको थियो ।
शिक्षक संघ तिलोत्तमा महिला उपाध्यक्षको अध्यक्षता रत्ना रिजालको अध्यक्षता र देवदह मेडिकल कलेजका स्त्री रोग बिशेषज्ञ डा.आरती श्रेष्ठले सहजीकरण स्वास्थ्य परिक्षण कार्यक्रममा तिलोत्तमाका स्वास्थ्य फोकल पर्सन शिला पाण्डे ,मृगेन्द्र रिजाल ,डिल्लिराम गैरे खेमराज पाण्डे लगायतको उपस्थिति रहेको थियो । निता पोलिक्लिनिक सहयोगी संस्था का रुपमा रहेको कार्यक्रममा ७५जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
तपाईको प्रतिक्रिया