00:00:00
स्वास्थ्य

झरना स्पोर्ट्स क्लवको रक्तदानमा ३४ पिन्ट रगत संकलन 

शुक्रबार असोज १८, २०८१/ Friday 10-04-24

प्रकाश पाण्डे । असोज १८ गते । झरना स्पोर्ट्स क्लव तिलोत्तमा ६ कुन्जलापुरले शुक्रबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसर पारि आयोजना गरिएको कार्यकममा स्थानीयको बाक्लो उपस्थिति रहेको झरना स्पोर्ट्स क्लवले जनाएको छ ।

कुन्जलापुरस्थित नेपाल मगर संघको भवनमा आयोजित कार्यक्रममा ब्लड बैंक बुटवलको प्राविधिक सहयोग रहेको थियो । समाज सेवामा निरन्तर क्रियाशील रही विभिन्न गतितिधी गर्दै आइरहेको क्लवले सदाका बर्ष जस्तै यो बर्ष पनि खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरि पुन्यको काम गरेको क्लवका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष तथा प्रमुख अतिथि लोक पुनले रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसात गर्दै क्लवले आयोजना गरेको रक्तदान कार्यक्रम समाज रुपान्तरणको ज्वलन्त उदाहरण भएको बताए ।

क्लवका पुर्व अध्यक्ष समेत रहेका पुनले ६४ बर्षको पाको विरासत बोकेको क्लवले ३६ औं झरना रनिंग शिल्ड फुटवल प्रतियोगिताको आयोजना गरि समाजलाई खेल मार्फत जोडन अब्बल भुमिका खेलेको प्रष्टयाए । क्लवका अध्यक्ष धनेन्द्र पौडेलको सभापतित्व रहेको कार्यक्रममा विभिन्न आमा समुह, स्थानीय टोल विकाश संस्थाका पदाधिकारी तथा कुन्जलापुर वासी लगायतले रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया