तेस्रो समपुर्ण कप फुटवलको फाइनल आज हुदै
उपाधीका लागी सिम्रिक र चाँदनी भिड्दै
प्रकाश पाण्डे । मँसीर २२ गते । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा जारी तेस्रो समपुर्ण कप खुला फुटबल प्रतियोगिताको फाइनल तथा अन्तिम खेल आज हुदैछ । स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेर पुन्जा पुनको स्मृतिमा जारी प्रतियोगिताको फाइनलमा आज उपाधीका लागी सिम्रिक युवा क्लव बुटवल तथा चाँदनी युवा क्लब दानापुर भिडने भएका हुन ।
मँसीर ७ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु २ लाख २२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका प्रचार प्रसार संयोजक तथा क्लबका सह सचिव रवि अर्यालले जानकारी दिनुभएको छ । वहाँका अनुसार प्रतियोगितामा विधागततर्फ पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।
तेस्रो समपुर्ण कप खुला फुटबल प्रतियोगितामा कुल १६ वटा टोलीको सहभागिता रहेको थियो आज हुने फाइनल प्रतियोगिता भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न सम्पुर्ण तयारी गरिसकिएको क्ववका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभएको छ । आज दिउँसो २ बजेपछि प्रतियोगिता शुरु हुने एवं रुपन्देही क्षेत्र न ५ का सँघीय साँसद बासुदेव घिमिरेको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गर्ने गरि तयारी भएको थापाले बताउनुभयो । सुपौलीस्थित समपुर्ण क्लवको खेलमैदानमा आजको फाइनल खेल आयोजना हुदैछ ।
तपाईको प्रतिक्रिया