00:00:00
स्थानिय

करहिया सामुदायिक वनको २५ औं साधारणसभा सम्पन्न

बन क्षेत्र समान सहभागिता र समावेशिता सहितको बनाइनुपर्नेमा जोड
मंगलबार मङ्सिर २५, २०८१/ Tuesday 12-10-24

प्रकाश पाण्डे । मँसीर २५ गते । सामुदायिक वन क्षेत्रलाई साझा सम्पतिको रुपमा उपयोग गर्दै उत्पादन र आयआर्जनसंग जोडेर लैजानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।् सामुदायिक बनलाई समान सहभागिता र समावेशितामा रुपान्तरण गर्न सके आम उपभोक्ताको जीवनस्तर उकास्न मद्दत पुर्याउने धारणा बक्ताहरुको थियो । मँगलबार करहिया सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा ७–९ द्धारा आयोजित २५ औं साधारणसभामा बोल्ने बक्ताहरुले, सामुदायिक वनलाई उत्पादन र आयआर्जनसंग जोडेर वहुआयामिक ढंगले उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् । करहिया सामुदायिक वनको सभाहलमा आयोजित सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांँणले, सामुदायिक वनहरुलाई उत्पादनसंग जोड्न लैजानु आजको मुख्य आवश्यकता रहेको बताउनुभयोे ।

मेयर खाँडले विश्व बजारबाट निस्कने कार्बन नियन्त्रणमा बनजंगलको महत्वपुर्ण भुमिका रहने भन्दै त्यसबापत प्राप्त हने रोयल्टी सिधै सामुदायिक बनहरुले प्राप्त गर्ने बातावरण बनाउन सरोकारबालाहरुको ध्यानाकर्षण गराउनुभयो । वन र बातावरणलाई कृषि, पर्यटन, रोजगारी र उद्यमशिलतासंग जोडेर काम गर्नसके समाज रुपान्तरंमा महत्वपुर्ण टेवा मिल्ने मेयर खांँणको  भनाई थियो । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले सामुदायिक वनको संरक्षण गर्दै बन मार्फत पर्यापर्यटनको बिकाश तथा आयआर्जनको बाटो पहिल्याउन सके आम उपभोक्ताको जीवनस्तर परिवर्तन हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला बन महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला अर्याल, बनका सलाहकार एवँ नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण पौडेल, जिल्ला बन कार्यालय रुपन्देहीका प्रमुख प्रविन विडारी, बन विज्ञ दामोदर तिवारी, बनका सलाहकार एवं पुर्व अध्यक्ष खेम प्रसाद गौतम, शंकरनगर सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत लगायतले बोल्दै सामुदायिक बनको आम्दानि अब सरकारले होइन आम उपभोक्ताको जीवन शैली उकास्नमा खर्चिनुपर्ने बताएका छन् । सामुदायिक बनको बिकाश नहुनुमा राज्यका नीति नियम दोषी रहेको बक्ताहरुको भनाई थियो । सभामा संस्थाका अध्यक्ष हरिलाल पाण्डेले संस्थाको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा संयोजक निरन्जनप्रसाद पराजुलीले आयव्यवय विवरण प्रस्तुत गर्नुभएको थियो ।

वनका उपाध्यक्ष बाबुराम खरेलको स्वागत र सस्थाकी सचिब बिमला गुरुङको संचालन रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ७ वटा सामुदायिक विद्यालयमा अध्यनरत १४ जना गरिव तथा जेहेन्दार छात्रछात्रालाई २ हजार ५ सयका दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ । २०४४ सालदेखि संरक्षण शुरु भई २०५३ सालमा उपभोक्तालाई हस्तान्तरण गरिएको करहिया सामुदायिक वन २६९ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने उपभोक्ताको घरधुरी संख्या ६ हजार ५ सय ५३ रहेको छ ।  

तपाईको प्रतिक्रिया