बिन्दु भट्टराई, तिलोत्तमा १ पुस ।
महिला तथा बालबालिका मन्त्रालय नेपाल सरकारका उपसचिव निरा अधिकारीले महिला तथा अपाङ्गता भएका ब्यक्तिमाथिको अविश्वास चिर्न आर्थिक रुपमा बलियो बन्नै पर्ने बताउनुभएको छ । नेत्रहीन महिला संघ नेपालका संस्थापक समेत रहनुभएका अधिकारीले अपाङ्गता भएका ब्यक्तिहरु त्यसमा पनि अपाङता भएका महिला आर्थिक रुपमा बलियो बन्नुपर्ने खांचो औंल्याउनुभयो । नेत्रहिन महिला संघ नेपालले सोमबार सम्पन्न गरेको तालिम तथा अन्तर्कृयाको सहजीकरण गर्दै उहांले अपाङ्गता भएका ब्यक्तिहरुको विद्यमान अवस्था,कानुनी कार्यान्वयनको पाटो,अपाङ्गतामैत्री संरचनाकाविषयमा जोड दिनुभएको छ ।
त्यस्तै कार्यक्रमको सहजीकरण गर्दै नेत्रहिन महिला संघ नेपालका सचिव सृजना ढकालले महिलामा रहेको गरिबी हटाउन नसकेसम्म महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्ने बताउनुभयो । ढकालले जागिरका शिलशिलाका भोगाईसंगै समस्या आप्mना अपाङ्गता भएका महिलाहरुको आर्थिक अधिकार अवसर तथा चुनौती बिषयमा सहजीकरण गर्नुभएको थियो ।
तालिम तथा अन्तर्कृयामा सहभागिहरुले राखेको अपाङ्गता भएका ब्यक्ती, उनिहरुका समस्या र अवसरका बारेको जिज्ञासा मेटाउदै उपसचिव अधिकारीले आफू सम्बद्ध सघ सस्थामा अपाङ्गता भएका ब्यक्तिलाई अपांगताको प्रकृति हेरेर रोजगारीमा जोडन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थानीय व्यापारी,उद्योगी व्यवसायी,बैंक कर्मचारी,स्थानीय तह लगायतको सहभगिता रहेको थियो । तिलोत्तमामा हाल करिब एक हजार भन्दा बढी अपाङता भएका ब्यक्ती रहेका छ्न् । भने कार्यक्रमको ब्यवस्थापन नेत्रहिन महिला संघ नेपालका कर्मचारी र कार्यक्रम अधिकृत मानसी शर्माले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया