00:00:00
खेलकुद

रिसन तिलोत्तमाको २ दिने खेल महोत्सव बिहिबारबाट शुरु हुदै

तिलोत्तमाका ८ वटा सँस्थागत विद्यालय सहभागी
बिहीबार पौष ११, २०८१/ Thursday 12-26-24

तिलोत्तमा । पौष ११ गते । रुपन्देही एकिकृत विद्यालय सँगठन नेपाल तिलोत्तमाको आयोजनामा २ दिने रिसन खेल महोत्सवको आयोजना हुदैछ । तिलोत्तमा ४ डिँगरनगरस्थित जनज्योति क्लवको खेल मैदानमा पौष ११ गते बिहिबार र पौष १२ गते शुक्रबार गरि २ दिनसम्म प्रतियोगिता हुने भएको हो ।

रिसन तिलोत्तमाका सचिव चन्द्र अधिकारीका अनुसार विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गरि सँस्थागत विद्यालयहरुका विच आपसी भाईचारा वृद्धि गर्ने उद्धेश्य सहित २ दिनसम्म प्रतियोगिता आयोजना गरिएको हो ।

उनले रिसनमा आवद्ध तिलोत्तमाका ८ वटा सँस्थागत विद्यालयहरुको सहभागिता रहने खेल प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले एथलेटिक्स, छात्र छात्रा भलिबल प्रतियोगिता, छात्र ब्याडमिन्टन एवँ उद्धघाटन सत्रमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना गरिने जानकारी दिए ।

खेल महोत्सवको बिहिबार बिहान ९ बजेपछि तिलोत्तमाका मेयर रामकृष्ण खाँडले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ । गत बर्षहरु भन्दा प्रतियोगितालाई सभ्य भब्य र सफल बनाउन यस बर्ष विभिन्न तयारीहरु गरिएको रिसन तिलोत्तमाले जनाएको छ ।

तपाईको प्रतिक्रिया