00:00:00
शिक्षा

गीर्वाण माविमा न्यानो कपडा बितरण कार्यक्रम

ज्योतिष बिपिन भन्डारी धन्यवादको पात्र रहेको वक्ताहरुको भनाई
शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

प्रकाश पाण्डे
तिलोत्तमा- २०८१ पौष १३

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यामिक विद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार स्कुल प्रागँणमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत ६० जना गरिव, जेहेन्दार अनाथ एवँ असहाय विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।

ओमकारेश्वर ज्योतिष तथा बास्तु सेवाका युवा ज्योतिष बिपिन भन्डारीले आफुले आर्जेकोे केही रकमबाट विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । भन्डारीले आफु पनि गीर्वाण मावि कै पुर्व विद्यार्थी रहेको स्मरण गर्दै २० बर्ष अघि आफुले अध्ययन गर्दाको विद्यालय र अहिलेको विद्यालयमा धेरै नै परिवर्तन आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष एवँ प्रमुख अतिथि यमदत्त सुवेदीले युवा ज्योतिष बिपिन भन्डारीको कार्य सबैका लागी उदाहरणीय भएको बताउनुभयो । वहाँले पुर्व विद्यार्थी भण्डारीको कार्यले सबैमा सकारात्मक सन्देश दिने विश्वास ब्यक्त गर्नुभयो ।  विद्यालयका प्रअ केदारचन्द्र पराजुलीले पुर्व विद्यार्थी विपिन भण्डारीको सिको अन्यले पनि गर्नुपर्ने बताउनुभयो । वहाँले सामाजिक कार्यमा अग्रसर हुदै आफुले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेकोमा धन्यबाद समेत दिनुभयो ।

सहायक प्रअ दयानिधि आचार्यको स्वागत तथा शिक्षक उदयराज बस्यालले सन्चालन गर्नुभएको कार्यक्रममा टँक प्रसाद न्यौपाने, भेषराज भण्डारी, दिया भण्डारी, शिक्षक अभिधावक सँघका तारानाथ कँडेल, विद्यालय ब्यवस्थापन सदस्य कल्याण धिताल, कक्षा ११,१२ का सँयोजक नरेन्द्र बहादुर कार्की, निमावि तह सँयोजक कृष्ण प्रसाद पोख्ररेल, प्रावि तह शिक्षिका लिला पाण्डेय लगायतकोे सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया