00:00:00
स्थानिय

रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

भैरहवा- १३ पौष २०८१

    रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन् । शुक्रबार रोहिणी–४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार यसअघि नै सातदिने सूचना जारी गरिएको तर, सूचना जारी गर्दा पनि खाली नगरिएपछि घरटहरा हटाउन डोजर लगाउनुपरेको हो । बाटो निर्माण कार्यमा सहयोग गर्नका लागि गत मंसिर २८ गते गाउँपालिकाले सूचना जारी गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो । २०–२५ वटा घरटहरा भत्काइएको यादवले बताउनुभयो।  

यादवका अनुसार आर्थिक वर्ष २०८१-०८२ अन्तर्गत कोटहवा गाउँमा कालोपत्रे सडक निर्माण कार्यमा अवरोध गर्ने घर, टहरा खाली गर्न गाउँपालिकाकाले सूचना जारी गरेको र खाली नगरिएपछि डोजर चलाइएको हो । ‘गाउँपालिका बासीहरुको आम भेलामा सर्वसहमतिबाट निर्णय भएअनुसार ७ दिनभित्र खाली गरी-गराई बाटो निर्माण कार्यमा सहयोग गर्न-गराउन सूचना जारी गरिएको थियो ।

स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको उपस्थितिमा डोजर लगाएर घरटहरा भत्काइएको हो ।

 

तपाईको प्रतिक्रिया