00:00:00
स्थानिय

तिलोत्तमा  ६ मा  निःशुल्क स्वास्थ्य शिविर ,करिव ५० जना जेष्ठ नागरिकले लिए लाभ

शुक्रबार पौष १९, २०८१/ Friday 01-03-25

 

तिलोत्तमा,पुस १९ गते। 
तिलोत्तमा वडा नम्बर ६ मा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग वडाअध्यक्ष” कार्यक्रम अन्तर्गत शुक्रबार वडा नम्बर ६ स्थित गीता मन्दिर भवनमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले वडा नम्बर(६ ले जेष्ठ नागरिकका लागि गरेको कार्यको प्रशंशा गर्दै अन्य वडामा पनि  यस्तो खालको परिक्षण सेवा बिस्तार गरिने बताउनुभयो। नगर प्रमुख खाँणले ज्येष्ठ नागरिकहरुको दिर्घायुका लागि गरिएको कार्यक्रमले जेष्ठ नागरिकप्रतिको सम्मान र समाजमा सकरात्मक सन्देश पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
 
त्यस्तै वडा नम्बर(६ का अध्यक्ष गणेश पाठकले स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका जेष्ठ नागरिकहरुलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

शिविरमा करिव ५० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको तिलोत्तमा नगरपालिका आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य शाखा अधिकृत राम प्रसाद चुंदालीले जानकारी दिनुभयो। 

त्यस्तै वडा सदस्य पूर्ण प्रसाद आचार्य संजयले जेष्ठ नागरिकहरुको लागि उक्त कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो। शिविरमा बरिष्ठ फिजिसियन डाक्टर कृष्ण चन्द्र गोदार, वडा सदस्य सिता गौतम, गीता गन्धर्व, वडा सचिव कृष्ण बहादुर क्षेत्रि, स्वास्थ्य अधिकृत हुमनाथ पाण्डे लगायतले स्वास्थ्य सेवाका बिषयमा आ(आफ्ना राय प्रस्तुत गर्नुभएको थियो ।

 शिविरमा ६८ वर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो।सो अवसरमा सुगर,प्रेसर, दम, पिसााव,ईसीजी जस्ता रोगहरुको बारेमा जाँच गरिएको थियो ।शिविरमा स्वास्थ्य सेवा लिन आएका मध्ये धेरै जसो मधुमेह,उच्च रक्तचाप र दमका बिरामीहरु रहेको आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य शाखा अधिकृत चुंदालीले जानकारी गराउनुभयो । परिक्षण पश्चात ज्येष्ठ नागरिकहरुलाई औषधी समेत निशुल्क प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया