रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ को १७ औ राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न
१४०० बढी सहभागी
तिलोत्तमा २०८१ पौष २३
रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ को १७ औ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पौष १९ र २० गरि दुईदिनसम्म चलेको थियो । रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजना, रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आतिथ्य र देशभरका विभिन्न २० वटा क्लबहरुको सहआतिथ्यमा आयोजित सम्मेलनले करिब १४०० भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्दै युवाहरुको नेतृत्व, संलग्नता, र उद्यमशीलतालाई केन्द्रमा राखेको थियो ।
सम्मेलनले सहभागीहरूलाई आफ्नो ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्न प्रेरित गरेको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष एवं सम्मेलन चियर रितेश ज्ञवालीको अध्यक्षता, रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष सुदिप पौडेलको सह अध्यक्षता रहेको कार्यक्रममा डिस्ट्रिक्ट सेसनको अध्यक्षता रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघिय सांसद डा. चन्द्र भण्डारी रहनुभएको थियो भने बिशिस्ट अतिथिहरूमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, आईपी डीजि राजेन्द्र ध्वजु,,डीआरसीसी कृष्ण प्रसाद पाण्डे, र आईपी डीआरआर रोशन कार्की सहभागी रहनुभएको थियो । कार्यक्रममा डीआरआर बिक्रम क्षेत्रीले आफुले नेतृत्व लिए यता रोट्रयाक्ट डिस्ट्रिक्टबाट भए गरेका रोट्याक्ट गतिविधिको जानकारी गराउनुभएको थियो भने डीआरआर इलेक्ट दिनेश गैरेले बर्ष २०२५–२६ का लागि आफ्नो टिम प्रस्तुत गर्नुभएको थियो ।
बर्ष २०२६–२७ को नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियामा रोट्र्याक्ट क्लब अफ भैरहवाका प्रकाश शर्मा निर्वाचित भई बर्ष २०२६–२७ डीआरआर घोषित भएको डीआरसी मेम्बर तथा निर्वाचन कमिटीका सदस्य रेशम खड्काले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा व्यवस्थापन र यसको नेपालको परिवर्तनमा भूमिकाबारे चर्चा गर्नुभयो, नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालिले वित्तीय साक्षरता र युवा उद्यमशीलताको महत्त्वमा जोड दिदै अरुको सहारामा भन्दा आफ्नो सक्षमतामा विश्वास गरे अवस्य सफल भईने जिकिर गर्नुभयो साथै मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले समाजसेवा र मानवतावादको प्रेरणादायी कामबारे चर्चा गर्नुभयो कार्यक्रममा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका एचआर र रणनीति विज्ञ प्रभाश राईले बैङ्किङमा युवा नेतृत्व र दिगो विकासबारे आफ्नो अनुभव प्रस्तुत गर्नुभयो ।
युवा, राजनीति र अबको देश शिर्षकको प्यानल सेसनमा सांसदहरु ज्ञानेन्द्र शाही, ठाकुर गैरे, र सञ्जय कुमार गौतमले युवाहरूका लागि राजनीतिक नेतृत्वका चुनौती र अवसरहरूबारे गतिशील छलफल गर्नुभयो। वक्ताहरूले शासन, नीतिनिर्माण, र समाज परिवर्तनमा युवाको सक्रिय सहभागिताको महत्त्वमा जोड दिनुभयो। उहाँहरूले युवा नेताहरूलाई पारदर्शी र समावेशी राजनीतिक प्रणाली निर्माण गर्न आह्वान गर्नुभयो।
माईन्ड म्यानेजमेन्ट प्यानल सेसनमा,आईएस्कन नेपालका सचिव रूपेश्वर गौर दास,आध्यात्मिक प्रशिक्षक चैतन्य कृष्ण र मानसिक स्वास्थ्य उत्प्रेरक श्रेया गिरि सहभागी हुनुहुन्थ्यो। प्यानलले भावनात्मक दृढता र मस्तिष्कको शान्तिमाथि ध्यान केन्द्रित गरेको थियो। विशेषज्ञहरूले तनाव व्यवस्थापन, आत्म शान्ति र मानसिक सन्तुलन कायम राख्नका लागि विभिन्न विधिहरू प्रस्तुत गर्नुभएको थियो।
सम्मेलनको ब्यबस्थापनका लागि रोट्र्याक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्षहरु निशान कार्की, यादव भट्टराई, जिवन गौतम ,ध्रुव केसी, अमृत भुसाल र भुपेन पाण्डेले महत्त्वपूर्ण भुमिका खेल्नुभएको थियो । सम्मेलनका विभिन्न सेसन तथा कार्यक्रमहरु डिस्ट्रिक्ट सेक्रेटरी सुबिन खड्का, असिस्टेन्ट डिस्ट्रिक्ट सेक्रेटरी अनुप पाण्डे, मिडिया संयोजक आबिस्कार खनाल, एडिएलटि आविष्कार पराजुली, र रोट्र्याक्ट क्लब अफ बुटवल साउथकि उपाध्यक्ष रोशनी भण्डारी कार्यक्रम संचालकको भुमिकामा गरेका थिए। सम्मेलनको पहिलो दिन १९ गते बेलुका भएको साङ्गीतिक कार्यक्रममा गायक बसन्त श्रेष्ठ एन्ड फ्रेन्स ब्यान्ड र स्टार इन्टरटेन्मेन्टको बेजोड सांगीतिक प्रस्तुति रहेको र साङ्गीतिक प्रस्तुतिमा देशैभरका रोट्र्याक्टरहरु रमाएको मिडिया संयोजक आबिस्कार खनालले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया