00:00:00
शिक्षा

नेपाल मगर सँघ तिलोत्तमाद्धारा माघे सँक्रान्ति विशेष शुभकामना आदानप्रदान

मगर समुदायलाई एकजुट हुन आग्रह
बिहीबार पौष २५, २०८१/ Thursday 01-09-25

तिलोत्तमा । पौष २५ गते । मगर समुदायको उन्नति प्रगति तथा सँस्कृति सँरक्षणका लागी एकजुट भई अघि बढन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । वक्ताहरुले मगर समुदायले अब आफ्नो पहिचान र अधिकारको आन्दोलनसँगै विकास र समृद्धिको अभियानलाई जोडेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १३ मा बिहिबार आयोजित माघे सँक्रान्ति विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले मुलवासी वा आदिवासी जे भने पनि एउटै विषय भएको बताएका छन । कार्यक्रममा बोल्दै नेपाल मगर सँघ जिल्ला समन्वय समिति सचिव राधिका श्रीसले मगर जातिको सँस्कृति तथा पहिचान जोगाउन सम्पुर्ण मगर जाति एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

वहाँले तिलोत्तमा नगरपालिकाभित्र २५ हजार मगरहरुको जनसँख्या बसोबास रहदै आएको भएपनि आपसमा गोलबद्ध हुन नसक्दा नगरभित्र मगरहरु सधै पछाडी पर्ने अवस्था आइपरेको बताउनुभयो । एक अर्को फरक प्रसँगमा नेतृ श्रीसले मगर जातिको नामबाट स्थापित मगरघाटको नाम परिवर्तन गर्ने प्रयास भैरहेको भन्दै त्यस्ता कार्य नगर्न नगराउनुहुन वहाँले सम्बन्धित सबैलाई सचेत गराउनुभयो ।

नेपाल मगर सँघ तिलोत्तमा नगर समिति अध्यक्ष लिलमाया रानाको अध्यक्षता रहेको शुभकामना आदानप्रदान कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर सँघ रुपन्देहीका निर्वतमान अध्यक्ष प्रम बहादुर थापा, तिलोत्तमा नगर समितिका विशिष्ट सल्लाहकार छत्र बहादुर दर्लामी, सल्लाहकार ओम बुढा मगर, डोर बहादुर पुन, टिकाराम पुन, देव बहादुर थापा, नेपाल मगर युवा सँघका अध्यक्ष प्रेम जिएम लगायतले बोल्दै तिलोत्तमा नगरमा बसोबास गर्दै आएका सम्पुर्ण मगरभाषिहरुलाई एउटै छानामुनि गोलबद्ध भई अघि बढ्न आग्रह गर्नुभयो । नेपाल मगर सँघ तिलोत्तमा नगर समितिमा आबद्ध १७ वटै वडाका वडाध्यक्ष, पदाधिकारी, प्रतिनिधि तथा सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन शान्ति चिदी मगरले गर्नुभएको थियो ।  
 

तपाईको प्रतिक्रिया