00:00:00
शिक्षा

(प्याब्सन) रुपन्देहीमा अध्यक्ष र कोषाध्यक्ष पदका लागी निर्वाचन 

बिहीबार पौष २५, २०८१/ Thursday 01-09-25

तिलोत्तमा । पौष २५ गते । निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन रुपन्देहीमा अध्यक्ष र कोषाध्यक्ष बाहेकका अन्य पदमा सर्वसम्मत नेतृत्व छनौट गरिएको छ । सँस्थाको आफ्नै भवन तिलोत्तमा ९ शंकरपुरस्थित प्याब्सन रुपन्देहीको कार्यालयमा आयोजित २१ ऋौँ साधारण सभा तथा १६ औँ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागी प्रयास गरिएपनि सफल नभएपछि अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएको हो ।

अध्यक्षका लागी अघिल्लो कार्यकालमा (प्याब्सन) रुपन्देहीको तर्फबाट वरिष्ठ उपाध्यक्ष एकनाराण काफ्ले तथा अर्का प्रत्यासी सचिव पद सम्हालिसक्नुभएका दीपक खनाल बीच कडा टक्करको अवस्था छ भने कोषाध्यक्ष पदमा भने प्याब्सन तिलोत्तमाका निर्वतमान अध्यक्ष केएन सागर ज्ञवाली तथा कपिलमणि ढकाल मैदानमा हुनुहुन्छ । अन्य पदमा भने सहमति र्भसकेको अवस्था छ । यसअघि बिहिबार नै आयोजित उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सन केन्द्रिय अध्यक्ष डिके ढुँगानाले संगठनलाई पारदर्शी एवँ बलियो बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहने बताए ।

उनले परिवर्तित समय सन्दर्भलाई आत्मसात गरि अघि बढे प्याब्सनको नयाँ अध्याय कोरिने दृढता समेत ब्यक्त गरे । प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रिय सल्लाहकार, महासचिव, सदस्यहरु, पदाधिकारीहरु, प्याब्सन प्रदेश प्रमुख, तिलोत्तमा नगरपालिकाका प्र्मुख तथा उपप्रमुख, शिक्षा विकाश तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख, राष्ट्रिय परिक्षा वोर्ड बुटवलका प्रमुख लगायतको सहभागिता रहेको थियो । वरिष्ठ उपाध्यक्ष एकनाराण काफ्लेको स्वागत मन्तब्य रहेको उद्धघाटनसत्रको सन्चालन सचिव दीपक खनालले गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया