00:00:00
स्थानिय

जिबि मार्ट प्रालि तिलोत्तमा ७ भलवारीको प्रथम साधारण सभा

८० लाखबाट शुरुवात तथा साढे १३ लाख खुद मुनाफा
शनिबार पौष २७, २०८१/ Saturday 01-11-25

प्रकाश पाण्डे । पौष २७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ७ भलवारीमा रहेको जिवि मार्ट प्रालिको प्रथम साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष सुष्मा हमालको अध्यक्षता तथा सल्लाहकार एवँ शेयर सदस्य रामकाजी गुरुङको प्रमुख आथिथ्यमा सम्पन्न कार्यक्रममा सँस्थाले बर्षभरिको अवधिमा गरेका काम कार्वाही एवँ उन्नति प्रगतिबारे समिक्षा गरिएको थियो । तिलोत्तमा १५ पत्थरडाँडास्थित मिड पोइन्ट डायमण्ड रिर्सोटमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले मार्टले छोटो अवधिमै आफुलाई अब्बल सावित गर्ने दिशामा अघि बढेकोप्रति खुसी ब्यक्त गर्नुभएको थियो ।

साधारण सभामा बोल्दै मार्टका सँरक्षक तथा सल्लाहकार देवानन्द पाण्डेले अन्यत्र भन्दा सस्तो र सुपथ मुल्यमा सामान विक्रि वितरण गरेर मार्टले नमुनाको काम गरिरहेको बताउनुभयो  । एक अर्को फरक प्रसँगमा बोल्दै पाण्डेले दिनप्रतिदिन मणिग्राम क्षेत्र गुल्जार बनिरहेको बर्तमान सन्दर्भमा भलवारी क्षेत्रको ब्यापार ब्यवसायलाई थप चलायमान बनाउन नगरपालिकाले नयाँ ढँगले सोच्नु आवश्यक रहेको बताउनुभयो । 

पछिल्लो समय बजारमा देखिएको मन्दि लगायतलाई चिर्दै अघि बढनु आफैमा चुनौतिपुर्ण रहे पनि सँस्थाले सबै चुनौति पार गर्ने हिम्मत आफुमा राखेर अघि बढिरहेको प्रष्ट पार्नुभयो । मार्टका अध्यक्ष सुष्मा हमालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लेखा सँयोजक दीनमणि पँगेनीले लेखा प्रतिवेदन पेश गर्दै मार्टले एक बर्षको अवधीमा साढे १३ खाल खुद मुनाफा गर्न सफल भएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मार्टका सल्लाहकार माधव प्रसाद पाण्डे, सदस्य सचिव विवेकानन्द पाण्डे, लेखा सदस्य केशवराज उपाध्याय लगायतको सहभागिता रहेको कार्यक्रममा लेखा सदस्य सीता पौदेलले स्वागत मन्तब्य तथा सदस्य विष्णु पाण्डेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विसँ २०८० सालमा स्थापित जिवि मार्ट प्रालिमा घरायसी दैनिक उपभोग्य सामान पाउनुका साथै बालबालिकाका लागी आवश्यक सम्पुर्ण सरसामान सुपथ मुल्यमा पाइन्छन । हाल मार्टमा ८२ जना शेयर सदस्य आवद्ध रहेका छन ।
 

तपाईको प्रतिक्रिया