स्वास्थ्य
कपिलवस्तु स्थायी घर भएका राजु भूजको दैलेखमा हृदयघात भई ज्यान गयो
आइतबार पौष २८, २०८१/ Sunday 01-12-25
काठमाण्डौ २०८१ पौष २८
कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको हृदयघात भई ज्यान गएको छ। कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई भूजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो।
आईतवार दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसूस भयो भनी भवनमै रहेको निवासमा जानुभएका उहाँ ओछ्यानमै ढलेको अवस्थामा भेटिनुभएको कर्मचारीहरूले बताएका छन् । भूजलाई तत्कालै दैलेख जिल्ला अस्पताल लगिएको थियो चिकित्सकले मृत घोषणा गरेका थिए ।
कपिलवस्तु स्थायी घर भएका भूज जागिरको सिलसिलामा दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ कीर्तिखम्बमा बस्दै आउनुभएको थियो ।
तपाईको प्रतिक्रिया