दाङ २०८१ पौष २९
लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको छ।
यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिनुभयो।
लुम्बिनी प्रदेश यसअघिको सरकारले गरेको निर्णय अनुसारसरकार मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया