अन्तराष्ट्रिय
योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी
आइतबार माघ ६, २०८१/ Sunday 01-19-25
काठमाण्डौ २०८१ माघ ०६
भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको बताइएको छ । केरला औषधी नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधी र जादुमय उपचार (अपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
उनीहरूमाथि पतञ्जलीको भ्रामक विज्ञापन गरेको कसुर छ ।
तपाईको प्रतिक्रिया