00:00:00
स्थानिय

माइक्रोले ठक्कर दिदाँ तिलोत्तमा ६ गोरकटवा निवासी युवकको मृत्यु

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

तिलोत्तमा,
२०८१ माघ ९

रुपन्देहीको तिलोत्तमा ६ मणिग्रामचोकदेखि पश्चिम गोरकटवा सोलार प्लान्ट नजिक माइक्रो बसको ठक्करबाट एकजना स्थानिय युवकको मृत्यु भएको छ । मृतक तिलोत्तमा ६ गोरकटवा निवासी अन्दाजी ४५ बर्षिय माधव गौतम रहेको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको लु २ ख २४ नम्बरको माइक्रो बसले मँगलबार माधव सवार लु ९० प ४२०० नम्बरको स्कुटरलाई सोलार प्लान्ट नजिक ठक्कर दिई गँभीर घाइते बनाएको र स्थानिय अस्पतालमा पुर्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट गोरकट्टाका हवल्दार बिष्णुप्रसाद भुसालका अनुसार माइक्रो चालक र सवारी ईलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

विभिन्न सामाजिक सघं सँस्थामा आवद्ध मृतक गौतम रिभरसाइड युथ क्लवका सचिव तथा आनन्दवन सामुदायिक बनमा लेखा सँयोजक पदमा कार्यरत थिए ।
 

तपाईको प्रतिक्रिया