00:00:00
स्वास्थ्य

कञ्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवानकाे उपचारका क्रममा ज्यान गयो

शनिबार माघ १२, २०८१/ Saturday 01-25-25

काठमाण्डौ २०८१ माघ १२

  कञ्चनपुरमा माघ ९ गते आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार विष्टको उपचारका क्रममा हिजो कैलालीको निःशर्ग अस्पतालमा ज्यान गएको हो ।

गएको माघ ९ गते ड्युटीमा रहेका बेला विष्ट आफैँले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

घाइते विष्टलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया