जनभावना मावि तिलोत्तमा–८ दीपनगरको ३४ औं बार्षिकोत्सव
गुणस्तरिय शिक्षाको अर्को नाम जनभावना - प्राचार्य पराजुली
प्रकाश पाण्डे । माघ २१ गते ।
शिक्षालाई सिपसँग जोडेर लैजान आवश्यक रहेकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । बक्ताहरुले शिक्षाको विकासले मात्रै समाज परिवर्तन सँभव भएकोले विद्यालयलाई सही र सार्थक योजना बनाएर अघि बढन आग्रह गरेका छन ।
जनभावना माध्यमिक विद्यालय तिलोत्तमा–८, दीपनगरको ३४ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले विद्यालयलाई थप ब्यवस्थित र नमुना विद्यालय बनाउन सवैले आ आफनो ठाउँबाट अगाडी बढाउनुपर्नेमा जोड दिए ।
जनभावना माविका व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शंम्भु प्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागि सबैको पहलकदमी आवश्यक रहने बताउनुभयो ।
अक्षयकोषदाता, ब्यवस्थापन समिति सदस्यहरु, शिक्षक अभिभावक सँघका पदाधिकारी, शिक्षक कर्मचारी, विद्यार्थी, समाजसेवी, अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रम शिक्षिका शिला घिमिरेको स्वागत तथा लक्ष्मी गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गरिएको थियो । शैक्षिक अलावा अतिरिक्त किैयाकलापमा समेत विद्यालयले यसक्षेत्रमा रहेर खेलाडी उत्पादनको काम गरिरहेको सहप्राचार्य जीवन अर्यालले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया