00:00:00
खेलकुद

लिटिल प्याराडाइजमा खेल सप्ताह शुरु

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

प्रकाश पाण्डे । माघ २३ गते

रुपन्देहीको तिलोत्तमा–७ भलवारीमा रहेको लिटिल प्याराडाइज इङ्गलिस मिडियम स्कुलमा खेल सप्ताह शुरु भएको छ । पठनपाठनका अलावा खेलकुदमा समेत आफुलाई बलियो बनाउदै लगेको लिटिल प्याराडाइजले खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्धेश्यले खेल सप्ताहको आयोजना गरिएको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिए ।

तिलोत्तमा वडा न ७ का अध्यक्ष देवीलाल पँगेनीको प्रमुख आथिथ्य रहेको उद्धघाटन सत्रमा बोल्ने बक्ताहरुले विद्यार्थीहरुमा रहेको आन्तरिक तथा बौद्धिक क्षमता मापनका लागी खेल सप्ताहले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवँ तिलोत्तमा वडा न ७ का अध्यक्ष पँगेनीले मानवीय गुणहरुको विकाशसँगै मानसिक, शारिरीक तथा सामाजिक क्षेत्रमा समेत बलियो र दरिलो बनाउन खेलकुदले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । वडाले खेलकुदलाई मुख्य विधाका रुपमा राखेर काम गरिरहेको र खेलकुदमा नतिजा ल्याउने गरि काम गरिरहेको दावी पँगेनीको थियो । 


माघ २६ गतेसम्म चल्ने खेल सप्ताहमा एथलेटिक्ससँगै अन्य विभिन्न  खेलकुदमा विद्यार्थीहरुले सक्रिय सहभागीता जनाएको शैक्षिक सँयोजक र्शक्षिक सँयोजक सँझना खरेलले जानकारी दिनुभयो । खेल कार्यक्रममा समुहगत रुपमा ४ सदनले प्रतिस्प्रर्धा गर्दैछन ।

विद्यालयका प्राचार्य कबेएा सागर ज्ञवालीको अध्यक्षता रहेको खेल सप्ताहको शुभारम्भ कार्यक्रममा विशिष्ट अतिथि प्रकाश पोख्रेल, शान्ति कार्की, लेखा सँयोजक माधव प्रसाद पायडे, अतिथि धनेश्वर पाण्डे, निर्णायकहरु गेबिन्द बस्याल, विष्णु पाण्डे, सहप्राचार्य मोहन थारु, पत्रकार प्रकाश पाण्डे लगायतकोसहभागिता रहेको थियो । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रमको सन्चालन शिक्षक जनक घिमिरेले गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया