प्रकाश पाण्डे । माघ २४ गते ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ७ भलवारीमा रहेको लिटिल प्याराडाइज ईग्लिंश मिडियम स्कुलको खेल सप्ताह जारी छ । विद्यालयको आफ्नै प्रागँण तथा मडाहास्थित खेल मैदानमा बिहिबार प्रि जुनियरतर्फ स्वीट रेस, स्पुन रेस, पजल रेस, म्याथम्याटिकल रेस तथा ५० मीटर रेस सम्पन्न गरिएको छ भने सव जुनियर तर्फ म्याथम्याटिकल रेस, ५० मीटर रेस, स्पुन रेस तथा हट पोटयाटो लगायतका खेलहरु भए ।
यसैगरि जुनियरतर्फ बिहिबार स्लो साइकल रेस, हाइजम्प र लगँजम्प, .छात्र टेबल टेनिस र म्युजिकल चेयर रेस सम्पन्न गरिएको शिक्षक विष्णु पाण्डेले जानकारी दिनुभयो । यर्सगरि सिनियर तर्फ टग अफ वार, कबड्डी, ट्रयाक इभेन्टस, ज्याभलिन थ्रो तथा सटपुट लगायतका खेलहरुमा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेको विद्यालयका सहायक प्राचार्य मोहन चारुले जानकारी दिनुभयो ।
सप्ताहब्यापी खेलकुद कार्यक्रममा फुटवल, भलिबल तथा क्रिकेट लगायतका महत्वपुर्ण खेलहरु समेत समेटिएको खेल सँयोजक सँझना खरेलले जानकारी दिनुभयो । विद्यालयको बार्षिक खेल कार्यक्रम अन्र्तगत बुधबारबाट खेल सप्ताह शुरु भएको हो । बालबालिकाहरुलाई सीपयुक्त शिक्षणमा आवद्ध गराउदै प्रयोगात्मक तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उद्धेश्य सहित आयोजित खेल सप्ताह शुक्रबार पनि जारी रहने छ ।
विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले एथलेटिक्स लगायत विभिन्न विधामा विद्यार्थीहरुले हाउस वाइज र कक्षागत हिसावले प्रतिस्प्रर्धा गरिरहेको जानकारी दिनुभयो । विद्यार्थीहरुमा अन्तरनिहित क्षमता पहिल्याउन यसखाले कार्यक्रम उपयोगी हुने ज्ञवालीको बुझाई छ ।
तपाईको प्रतिक्रिया