लिटिल प्याराडाइजको खेल सप्ताह सम्पन्न
विद्यार्थीसँगै अभिभावक समेत खेलकुदमा सहभागी
प्रकाश पाण्डे । माघ २६ गते ।
रुपन्देहीको तिलोत्तमा–७ भलवारीमा रहेको लिटिल प्याराडाइज इङ्गलिस मिडियम स्कुलको खेल सप्ताह सम्पन्न भएको छ । पठनपाठनका अलावा खेलकुदमा समेत आफुलाई परिमार्जित गर्दै लगेको लिटिल प्याराडाइजले खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्धेश्य राखेर माघ २३ गतेबाट खेल सप्ताह शुरु गरेको थियो । विद्यालयका सहायक प्राचार्य मोहन थारुले दिएको जानकारी अनुसार खेल सप्ताहको अन्तिम दिन विद्यार्थीहरुले क्रिकेट, फुटवल तथा भलिबल लगायतका महत्वपुर्ण विधाहरुमा उत्कृष्ट खेल प्रद्र्धशन गरे । विद्यालयले शनिबार नै अभिभावकहरुका लागी समेत खेल प्रतियोगिताको आयोजना गरेको थियो ।
टग अफ बार तथा कुर्सी रेस लगायतका खेलहरुमा अभिभावक बीच प्रतिस्प्रर्धा गराइएको र त्यसले अभिभावकहरुमा सकारात्मक उर्जा थपेको शैक्षिक सँयोजक सँझना खरेलको भनाई छ । विद्यालयका पुर्व शिक्षक एवँ अभिभावक अमृता न्यौपानेले विद्यार्थीहरुका अलावा अभिभावक समेतलाई खेलकुदमा सरिक गराएर लिटिल प्याराडाइजले प्रशँशनिय कार्य गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । विद्यार्थीहरुमा अन्तरनिहित अतिरिक्त क्रियाकलाप उजगार गर्न खेल सप्ताह फलदायी सावित भएको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले बताए । उनले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभएर अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउने विद्यालयको रणनिति शुरुबाटै रहेको भोलीका कर्णधार भएकाले विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न यस्ता कार्यक्रम फलदायी हुने बताए ।
तिलोत्तमा वडा न ७ का अध्यक्ष देवीलाल पँगेनीले उद्धघाटन गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले मानवीय गुणहरुको विकाशसँगै मानसिक, शारिरीक तथा सामाजिक क्षेत्रमा समेत बलियो र दरिलो बनाउन खेलकुदले महत्वपुर्ण भूमिका खेल्ने भन्दै विद्यालयले आयोजना गरेको कार्यक्रमको खुलेर प्रशँशा गरेका थिए । माघ २६ गतेसम्म चलेको खेल सप्ताहमा एथलेटिक्ससँगै अन्य विभिन्न रामान्चक खेलकुदमा विद्यार्थीसँगसँगै अभिभावकहरुलाई समेत सहभागी गराइएको थियो । समुहगत रुपमा ४ सदनले प्रतिस्प्रर्धा गरेको खेल सप्ताहमा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको र प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसका दिन पुरस्कार वितरण गरिने शिक्षक जनक घिमिरेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया