रेडियो लुम्बिनीले आज आफ्नो २६ औं स्थापना दिवस मनाउदै
निर्वाचन कार्यक्रम पनि आजै
तिलोत्तमा । माघ २७ गते ।
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो लुम्बिनीले आज आफ्नो २६ औं स्थापना दिवस एवँ निर्वाचन कार्यक्रम गरिहेको छ । राजधानी बाहिर नेपाली आकाशमा सबैभन्दा पहिला रेडियो आवाज तरंगित भएको दिनको अवसरमा रेडियो लुम्बिनीले आज बार्सिकोत्सव कार्यक्रमको आयोजना गरि स्थापना दिवससँगै निर्वाचन कार्यक्रम पनि गरिदैछ ।
रेडियो लुम्बिनीले विक्रम संवत २०५६ साल माघ २७ गते वसन्त पञ्चमी अर्थात आजैका दिन उपत्यका बाहिर पहिलो पटक आफ्नो आवाज तरंगित गरेको थियो । दक्षिण एसियामै सहकारी सस्थाद्धारा सन्चालीत पहिलो सामुदायिक रेडियोको रुपमा रेडियो लुम्बिनीले आफ्नो प्रसारण सेवा सुरु गरेको थियो ।
सामाजिक रुपान्तरणमा निरन्तर क्रियासिल रेडियो लुम्बिनीले सूचना, संदेश र मनोरंजन मार्फत विभिन्न भाषभाषी, क्षेत्र वर्ग र समुदायमा पछाडि पारिएका तथा लुकेर रहेका वर्ग समुदाय प्रतिभाहरुको आवाज बुलन्द गर्दै आएको छ । यसैगरी समाजमा देखिएका बिकृति र विसंगति बिरुद्द रेडियो लुम्बिनीले आफ्ना बिभिन कार्यक्रम र समाचार मार्फत पैरवी समेत गर्दै आएको छ ।
रेडियोले सुशासन र पारदर्शीताका लागि आवाज उठाउँदै आम नागरिकका चासो र जनजिविकाको बिषयबस्तुलाई समेत सम्बोधन गर्दै आएको छ । यसैबीच लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले टेलिभिजन समेत संचालन गरेर सुचनाको पहुच बढाउने कोसिस गरेको छ ।
रेडियो लुम्बिनीसंगै तिलोत्तमा टेलिभिजन समेत संचालन गरेको सूचना, संदेश र मनोरंजन मार्फत सबैको मन जित्ने गरि काम गर्ने गरी आफुलाई परिमाज्रित गर्ने कोसिसमा रहेको
अद्ख्य दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभएको छ । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीकौ आज २६ औं स्थापना दिवसको अवसरमा सुभकामना दिनुहुदै पाण्डेयले अब श्रब्यबाट सस्था दृश्य तर्फ लम्किएको प्रतिक्रिया दिनुभएको हो ।
यसै गरि रेडियो लुम्बिनीका सस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, संचालक समिति सदस्य लगायत रेडियो संग नजिक रहेर रेडियोलाइ माया गर्ने आम जनसमुदायले समेत रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिविजनलाई सुभाकाना दिनुभएको छ । रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिविजनको बार्षिकोत्सव एवँ निर्वाचन कार्यक्रम तिनपा ९ होटल मदानीमा जारी छ ।
तपाईको प्रतिक्रिया