00:00:00
स्थानिय

नवज्योति इङ्गलिस बोर्डिंग स्कूलको रजत महोत्सव

फागुन ३ गते रैया चाँदीका गायककारको विशेष प्रस्तुति रहने
सोमबार माघ २८, २०८१/ Monday 02-10-25

प्रकाश पाण्डे । माघ २८ गते ।

रूपन्देहीको तिलोत्तमा ८ चार नम्बरमा अवस्थित नवज्योति इङ्गलिस बोर्डिंग स्कूलको रजत महोत्सव जारी छ । संघीय साँसद छबिलाल विश्वकर्माले उद्घघाटन गरेको रजत महोत्सव मुल समारोहको फागुन ३ गते विशेष कार्यक्रमका बिच समापन गर्ने गरि तयारी पुरा गरिएको विद्यालयका प्राचार्य टोपबहादुर केसीले जानकारी दिए ।

उनले माघ २७ गते रजत महोत्सवको विधिवत उद्धघाटनका अवसरमा मिनि म्याराथन प्रतियोगिता समपन्न गरेको जनाए । विभिन्न टोल विकाश सँस्थाका प्रतिनिधि, करीब डेढ सयको सँख्यामा तिलोत्तमा नगरभित्रका सामुदायिक र सँस्थागत विद्यालयका विद्यार्थी सम्मिलित गराई रोहिणी खोलादेखि विद्यालयसम्म झण्डै साढे ४ किमी दौड प्रतियोगिता सम्पन्न गरिएको केसीले बताए ।

रजत जयन्ति कै अवसरमा आज माघ २८ र भोली माघ २९ गते रुपन्देही जिल्लास्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिताको आयोजना गरेको विद्यालयले माघ ३० गते बुधबार जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता, फागुन १ गते महिला अभिभावकहरुको बीचमा नृत्य प्रतियोगिता, फागुन २ गते विद्यालयका साना नानी बाबुहरु तथा विद्यार्थीहरु सहित सबैलाई समेटेर बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयका अध्यक्ष जेपी केडेलले जानकारी दिए ।

फागुन ३ गते समापन समारोहका अवसरमा रैया चाँदीका गायककार आशिष अविरलको सहभागितामा विशेष कार्यक्रम आयोजना हुने गरि सेड्युल मिलाइएको विद्यालयका अतिरिक्त क्रियाकलाप सँयोजक तथा शिक्षक सागर न्यौपानेले जानकारी दिए । कक्षा पिजिदेखि १२ सम्म अध्ययन अध्यापन भैरहेको विद्यालयमा हाल १२ सय बढी विद्यार्थी अध्ययनरत छन ।

तपाईको प्रतिक्रिया