नवज्योति जिल्लास्तरीय भलिबलको फाइनल बुधबार
होराइन र सेन्ट जोसेफ भिड्ने
प्रकाश पाण्डे । माघ २९ गते ।
नवज्योति जिल्लास्तरीय भलिबलको फाइनलमा बुधबार न्यु होराइजन मावि कालिकानगर बुटवल र सेन्ट जोसेफ मावि भलवारी भिडने भएका छन । आज भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजन मावि कालिकानगर बुटवलले सोझो सेटमा बुद्ध पब्लिक खैरेनीलाई हराउदै तथा दोस्रो सेमिफाइनलमा सेन्ट जोसेफ मावि भलवारीले जनज्योति माविलाई सोझो सेटमा हराएर फाइनल यात्रा तय गरेका हुन ।
भोली बुधबार नै तेस्रो स्थानका लागी आज सेमिफाइनलमा पराजित भएका २ टोली बुद्ध पब्लिक र जनज्योति भिड्ने छन । रूपन्देहीको तिलोत्तमा ८ चार नम्बरमा अवस्थित नवज्योति ईगंलिश बोर्डिंग स्कूलले रजत महोत्सवका अवसरमा भलिबल प्रगियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाभरका उत्कृष्ट १६ टोलीले सहभागिता जनाएको रजत जयन्ति समारोहका मुल सँयोजक सागर न्यौपानेले जानकारी दिए ।
बुधबार भलिबलको फाइनलसँगै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको समेत आयोजना गरिएको न्यौपानेले बताए । संघीय साँसद छबिलाल विश्वकर्माले माघ २७ गते आइतबार उद्घघाटन गरेको रजत महोत्सव मुल समारोहको यही फागुन ३ गते विशेष कार्यक्रमका बिच मुल समारोह समापन गर्ने गरि विभिन्न तयारी गरिएको छ ।
तपाईको प्रतिक्रिया