कुँवरवर्तीका विजयी विद्यार्थी पुरस्कृत
शिक्षक तथा खेलाडी युवराज रिमाल सम्मानित
प्रकाश पाण्डे । फागुन २ गते । रुपन्देहीको तिलोत्तमा ८ प्रदीपनगरमा रहेको कुँवरवर्ती इङ्गलिस बोर्डिगँ स्कुलद्धारा आयोजित सप्ताहब्यापी खेलकुदमा विजयी भएका खेलाडी तथा टीम पुरस्कृत भएका छन । साताब्यापी खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थी तथा टीमहरुलाई शुक्रबार विशेष कार्यक्रमका बीच शिल्ड, मेडल र प्रमाणपत्रले सम्मानित गरिएको विद्यालयका प्राचार्य दीपक खनालले जानकारी दिए ।
प्रतियोगिता अवधीभर सर्वोष्कृष्ट प्रद्र्धशन गरेको ग्रीन हाउसलाई हाउस अफ दी ईयरको रुपमा सम्मनित गरिएको खनालले बताए । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा एथलेटिक्स लगायतका विभिन्न खेलहरुमा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेका थिए । खेलकुदमा स्थानीय तथा राष्ट्रिय खेलाडीहरु उत्पादन गरेर चर्चा कमाएको विद्यालयले उच्च कोटीको शिक्षा प्रदान गरिरहेको प्राचार्य खनालको भनाई छ ।
शुक्रबार विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा करीब ९०० हाराहारीमा मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । यसैबीच तिलोत्तमा नगर खेलकुद विकाश समितिको सदस्य पदमा नियुक्त भएका विद्यालयका अतिरिक्त क्रियाकलाप सँयोजक शिक्षक तथा खेलाडी युवराज रिमाललाई विद्यालयले कदरपत्र सहित सम्मान गरेको छ ।
बिहिबार तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच रिमाललाई सदस्य पदमा नियुक्त गरिएको जानकारी गराइएको थियो । शिक्षक रिमाललाई कुँवरवर्ती इङ्गलिस बोर्डिगँ स्कुलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण खनालले हौसला सहितट कदरपत्रले सम्मान गरे । पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत सँगीत तथा नृत्यमा आफनो प्रस्तुति समेत दिएका थिए ।
तपाईको प्रतिक्रिया