00:00:00
अर्थ/वाणिज्य

तिलोत्तमा व्यापार संघको एघारौं वार्षिकं साधारण सभा

रेडियो लुम्बिनीका स्टेशन प्रमुख बिन्दु भट्टराई सम्मानित
आइतबार फाल्गुण ४, २०८१/ Sunday 02-16-25

बिन्दु भट्टराई। फागुन ४ गते ।

लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले मुलुकको अर्थतन्त्रको बलियो आधार उद्योग व्यवसाय भएकोले सरकारले निजी क्षेत्रको मनोवल उकास्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ  । पुर्व मुख्यमन्त्री गिरीले मुलुकको आर्थिक विकासको एउटा पाटो निजि क्षेत्र भएको उल्लेख गर्दै यस तर्फ राज्यले विशेष ध्यान दिनुपर्ने खांचो औँल्याउनुभयो । शनिबार रुपन्देहीको तिलोत्तमा व्यापार संघको एघारौं वार्षिकं साधारण सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य समेत रहनुभएका गिरीले मुलुकको अर्थतन्त्र उकास्न व्यवसायीका लगानी सुरक्षित गर्न आवश्यक रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीका समस्याहरु समाधान गर्न पहल गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ  ।वर्तमान सरकार उद्योगीहरुको हितको पक्षमा रहेको, लगानीको वातावरण निर्माण गरी आर्थिक विकासको गतिलाई तीव्रता दिन चाहिरहेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उहाँको भनाई छ  ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षतामा भएको साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले निजि क्षेत्रका कार्यक्रमहरु सफल पार्न यस संस्थाले महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै आगामी दिनमा व्यवसायीका समस्या समाधानका लागि आवश्यक पहल गर्ने दाबी गर्नुभयो । अध्यक्ष न्यौपानेले युवाहरुको विदेशप्रतिको मोह बढ्दै जानु दुखद भएको भन्दै स्वदेशमै रोजगारी सृजनातर्फ राज्यले आवश्यक कदम चाल्नुपर्ने सुझाव दिनुभयो । त्यसको लागि निजि क्षेत्रबाट सकरात्मक सहयोग हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष न्यौपानेले विदेशप्रति स्वदेशखुला सीमा तथा भन्सारको व्यवस्थापन गर्नुपर्ने, एकद्वार कर प्रणाली लागू गर्नुपर्ने, ट्याक्स पे को आधारमा ६० वर्ष उमेरपछि व्यवसाय छोड्दा वा विपद आइपर्दाको अवस्थामा रिवेट पाउने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ  । उहाँले नगरपालिकामा बसपार्क, औद्योगिक क्षेत्र निर्माण गर्नुपर्नेरोहिणी नदीको भलुहीदेखि भैरहवासम्म र तिनाउ नदीको बुटवलदेखि भैरहवासम्म पानीको व्यवस्थापन मिलाई डुंगामार्फत परिक्रम ागर्न सकिने गरी व्यवस्था मिलाउनुपर्ने समेत माग गर्नुभयो । यस अवसरमा घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य वसन्त रोका, औषधी व्यवसायी संघका शिव ज्ञवाली लगायतले तिलोत्तमा लगानीको हिसावले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस अवसरमा तिलोत्तमा–१० का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी, देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ, एमाले तिलोत्तमा नगर अध्यक्ष मीनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम घर्तीमगर, तिलोत्तमा व्यापार संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, महासचिव चेतबहादुर बिश्वकर्मा लगायतले उद्योग ब्यवसाय मैत्री नीति नहुँदा समस्या भएको भन्दै सरकारका नीति कार्यक्रम उद्योग ब्यवसायमैत्री हुनुपर्नेमा जोड दिएका थिए । यसैविच तिलोत्तमा व्यापार संघले साधारण सभाको अवसरमा सञ्चारको क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर बिन्दु भट्टराईलाई पुर्स्कृत गरेको छ । संघले सञ्चालन गरेका गतिविधि र आर्थिक क्षेत्रको विषयमा कलम चलाएको भन्दै पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको हो । पुर्व मुख्यमन्त्री लिला गिरी एवं संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले नगद र प्रशंसा पत्रसहित पत्रकार भट्टराईलाई सम्मान गर्नुभएको हो । त्यस्तै संघले सञ्चालन गरेको महोत्सवमा सहभागी जनचेतना ¥याली, उत्कृष्ट स्टल मूल्यांकन समितिमा रहेर योगदान पु¥याएको भन्दै संयोजक रोहितराज क्षेत्री, सदस्य डा. गणेश पाठक र प्रा क्रृषिराम भुसाललाई समेत सम्मान गरेको छ । साधारण सभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।

तपाईको प्रतिक्रिया